Responsive Ad Slot

latest

चितवनको रामपुरमा विधार्थिले क्यामपस प्रमुखको कुर्चि जलाए

Monday, August 29

/ by Admin BHOLA THAPA
नारायण सापकोटा ,चितवन १२ भदौ । चितवनको रामपुरमा स्थीत कृषि तथा पशुविज्ञान अध्ययन संस्थानमा आक्रोसीत विद्यार्थिहरुले डिन, सहायक डिन , क्याम्पस प्रमुख र सहायक क्याम्पस प्रमुखको कुर्ची जलाएका छन् । क्याम्पसमा तत्काल पठनपाठन सुचारु गराउन माग गर्दै विद्यार्थिहरुले कुर्ची जलाएका हुन । आका्रेसीत विधार्थिहरुले कलेज तोडफोड समेत गरेको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विधार्थि युनियन रामपुर क्याम्पका अध्यक्ष विशाल श्रेष्ठले जानकारी दिनुभयो । विधार्थिहरुले क्याम्पसमा कुर्चि जलाएको खवर पाए लगत्तै त्यसलाई रोक्न प्रहरी रामपुर पुगेपनि क्याम्पस हाताभित्र प्रवेश भने नगरेको श्रेष्ठले बताउनु भयो । उनिहरुले अविलम्व पठनपाठन सुरु नभए कडा संर्घषमा उत्रने समेत चेतावनी दिएका छन् । रामपुर क्याम्पसमा साउन २६ गतेदेखि पठनपाठन ठप्प रहेको छ । नेपाल विधुत्तप्राधिकरणले महसुल नबुझाएको भन्दै लाईन काटेका दिनदेखि नै सो क्याम्पसमा पठनपाठन ठप्प भएको हो । रामपुर क्याम्पसमा लाईन कटौति भएदेखि नै डिन डा. सुन्दरमान श्रेष्ठ र क्याम्पस प्रमुख आई पी ढकाल बाहिर रहदै आएका छन् ।
Don't Miss
© all rights reserved
made with by netKUTI