काठमाडौं, साउन २९- संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहित प्रमुख तीन राजनीतिक दलबीच आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको शान्ति, संविधान र सहमतिको सरकारसम्बन्धी छलफल बिनानिष्कर्ष टुङ्गिएको छ। शीर्ष नेता सहभागी सो वार्तामा काँग्रेस र मधेसी मोर्चाले प्रधानमन्त्रीलाई राजीनामा दिएर वर्तमान राजनीतिक गतिरोध अन्त्य गर्नका लागि आग्रह गरेका थिए। पाँचबुँदे सहमति कार्यान्वयनका लागि प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने माग राख्दै आएका काँग्रेस र मेधसी मोर्चाले आजको बैठकमा पनि सो माग दोहोर्याएका थिए। बैठकपछि बोल्दै नेपाली काँग्रेसका नेता डा रामशरण महतले प्रधानमन्त्रीले राजीनामा दिनैपर्ने बताए। साभार-नागरिक