Responsive Ad Slot

latest

नायिकाको औंलो भाँचियो

Monday, August 29

/ by Admin BHOLA THAPA
प्रदीप मेन्याङ्बो धरान, भाद्र १२ - शोभिता सिंखडा 'द लास्ट किस: अ युनिक लभ स्टोरी' को छायांकनका लागि लाङ्घाली वन हुँदै हिँडिरहेकी थिइन्, 'खतरनाक गुन्डा' सुरेश चौधरीसँग जम्काभेट भो । दुवैबीच यति आक्रामक भिडन्त भयो, शोभिताको बायाँ साइँली औंलो नै भाँचियो । खलनायकमाथि जाइ लाग्दा थाहै नपाई नायिकाको औंलो भाँचिएपछि निर्देशक बीबी फुयाल र निर्माता युवराज खत्रीले सुटिङ रोक्ने आदेश दिए । शोभितालाई तत्काल बीपी अस्पताल पुर्‍याउनुपर्‍यो । युवा लक्षित उक्त फिल्मको १० दिनदेखि लाङ्घालीमा सुटिङ भइरहेको छ । शनिबारको रियल लाइफमा भयो । पटकथामा शोभिताको औंलो भाँचिएको दृश्य थिएन । 'कथा अनुसार मैले खलनायकलाई आक्रमण गर्नुपर्ने थियो,' आराम गरिरहेकी नायिकाले भनिन्, 'औंला भाँचिएको थाहै पाइनँ । दुखेपछि मात्र थाहा भयो ।' निर्देशकका अनुसार यो फिल्मको थिम नयाँ छ । नारीप्रधान कथा भएकाले मुख्य पात्र शोभिताको वरिपरि नै घुम्ने घटनाहरूको धरानमा छायांकन भइरहेको हो । शोभिता बिन्दास लभरदेखि एक्सन लेडीसम्म भूमिकामा छिन् । 'एटिन प्लस उमेर समूहको लागि लक्षित फिल्ममा,' उनले भनिन्, 'मैले हटसिन पनि दिएकी छु ।' नेपाली फिल्ममा हटसिन, बेडसिन, किस सिन उतार्न निर्देशक र नायकनायिकाले धेरै प्रयास गरे पनि दर्शकले भने 'भाउ' दिएका छैनन् । तर आउँदो वैशाखतिर रिलिज गर्ने योजना रहेको यो फिल्ममा शोभिताका हटसिनहरू कस्ता छन् त ? 'युगल प्रेमी एकान्तमा भेट भएर रोमान्स गर्दा जे गर्छन्,' उनले भनिन्, 'आलिङ्गन, किस, सेक्स र लभ ।' 'सन्देश' 'गंगाजल' 'कसम', 'वीरताको चिनो', 'तिमी बिनाको जीवन', 'आफ्नो मनलाई सोधी हेर', 'मार्‍यो नि मायाले मार्‍यो', 'चम्पा चमेली' सहित दर्जन फिल्ममा खेलिसकेकी शोभिताले यो फिल्मका लागि औंलो मात्रै भाँचिनन्, जंगलमा छायांकन गर्दा झुक्किएर कमिलाको गोलोमा सुत्न पुग्दा शरीरभरि फोका समेत उठाइन् । अमेरिकामा छ वर्ष फिल्म अध्ययन गरेर आएका युवराजले यो फिल्म नेपाली परम्परागत 'फर्मुला' बाट अलिक टाढा रहने दाबी गरे । उनले भने, 'नेपालीपन बोकेको हलिउड टाइपको फिल्म हुनेछ ।' फिल्ममा संवाद कम र 'बडी ल्याङ्ग्वेज' बढी प्रयोग गरिएको उनले बताए । मनोहर सुनामको संगीत, सुरेश चौधरीको कोरियोग्राफी रहेको 'द लास्ट किस: अ युनिक लभ स्टोरी' मा पुष्करजंग थापा नायकका रूपमा छन् ।  

साभारः इकान्तिपुर बाट
Don't Miss
© all rights reserved
made with by netKUTI