Responsive Ad Slot

latest

पुरूषको कुनै अंगले आकर्षित गर्दैन : गरिमा पन्त (नायिका)

Monday, August 8

/ by Admin BHOLA THAPA

संजय सौगात, बुटवल, २०६८ श्रावण २३, सोमवार
नेपाली चलचित्र क्षेत्रकी पछिल्लो समयमा व्यस्त वन्दै गरेकी नायिका गरिमा पन्तले प्रितीको फुल, सुन्दर मेरो नाम, सम्झना, दिदी भाई, दानवीर, अर्जुनदेव लगायतका चलचित्रमा अभिनय गरिसकेकी छिन् । उनले अभिनय गरेको चलचित्र 'प्रितीको फूल' केहि महिना अगाडी रिलिज भएको थियो जसबाट उनको राम्रै चर्चा पनि भयो । हाल शिब रेग्मीको निर्देशनमा बनिरहेको चलचित्र 'पराई' म व्यस्त रहेकी यिनै नायिकासँग सञ्जय सौगातले गरेको छोटो कुराकानी -


तपाईलाई पुरूष स्वार्थी लाग्छ की महिला ?
अवस्था अनुसार दुबै स्वार्थी हुन्छन् । यही नै हुन्छ भनेर तोक्न सकिदैन ।


तपाई यो देशको प्रधानमन्त्री हुनुभयो भने के-के गर्नुहुन्छ ?
अहिलेको अवस्थालाई हेर्ने हो भने त अव जनताले जुनै प्रधानमन्त्रीले जस्तो धाक देखाए पनि पत्याउने वाला छैनन् । तर पनि प्रधानमन्त्री हुने अवसर पाएभने धाक भन्दा पनि पहिले गरेर देखाउछु । र्सवप्रथम त म यो देशको नियम कानुनलाई कडा रुपले पालना गर्न लगाउँछु । अहिलेको जस्तो पानामा नै नियम कानुन समित राख्दिन ।


तपाइलाई पुरूषको कुन कुराले आर्कषित गर्छ ?
खासगरी मलाई बौद्धिक स्तरको र अरुलाई सम्मान गर्ने खालको पुरुष मन पर्छ ।


पुरुषको कुन अंगले आर्कषित गर्छ भनेर सोधे भने ?
पुरुषको कुनै अंग छैन मलाई आर्कषित गर्ने । मैले भनिहाले अरुलाई सम्मान गर्ने र सरल व्यवहारको पुरुष मन पर्छ ।


जीवनमा कुनै पुरूषलाई आइ लव यू भन्नुभएको छ ?
अहिलेसम्म छैन ।


बाटोमा हिंड्दा केटाहरूले कत्तिको जिस्क्याउछन् ?
अहिलेसम्म त्यस्तो अवस्था भोगेको छैन ।


जीवनमा गरेको भुल तर अति रमाइलो ?
म कक्षा छ मा पढ्दाको कुरा हो । एक जना केटाले मलाई प्रपोज हानेको थियो त्यो पनि चिठी लेखेर । उसले त्यो चिठी मेरो कितावको वीचमा राखिदिएको थियो । हामी पाँच जना साथी मिलेर उसलाई स्कुल पछाडिको बगैचामा लगेर उल्लु बनाएका छौं । त्यो दिन सम्झदा रमाईलो लाग्छ ।


जीवनलाई कसरी हेर्नु हुन्छ ?
'छैन केही छैन कतै अर्थ जिन्दगीको
सजाउ जीवन लगाउ अर्थ तिम्रो जिन्दगीको'
म स्लोक मार्फत के भन्छु भने जीवनलाई जसरी हेर्‍यो त्यसरी परिभाषित गर्न सकिन्छ । अर्को कुरा जीवन उकाली ओराली हो । उकालोबाट हेरे ओरालो देखिन्छ, ओरालोबाट हेरे उकालो देखिन्छ । यथार्थमा भन्दा जीवनको कुनै शाव्दिक अर्थ छैन ।

पृथ्वीमा प्रलय आयो र तपाई मात्रै रहनुभयो भने के गर्नुहुन्छ ?
त्यो बेला के हुन्छ कल्पना गर्न नै सकिंदैन ।
Source: Filmykhabar
Don't Miss
© all rights reserved
made with by netKUTI