Responsive Ad Slot

latest

सोनमले दिइन् चुम्बन

Wednesday, August 24

/ by Admin BHOLA THAPA
मुम्बई (एजेन्सी), भाद्र ७ - हिन्दी फिल्ममा चुम्बनलाई लिएर अचेल त्यति सार्‍हो विवाद हुन्न किनभने यो समान्य हुन थालेको छ । यसअघि अस्वीकार गरिरहेका नायक नायिकाहरू पनि सहजै रूपमा चुम्बन दृश्यसँग अभ्यस्त देखिन थालेका छन् । कुरा बलिउडमा 'लखन'
को रूपमा चिनिने अनील कपुरकी छोरी सोनमको हो । आखिर उनले पनि त्यही काम गरिन्, जुन अरू नायिकाले आफ्नो सफलताका लागि गर्छन् । 'साँवरिया' देखि 'थ्याङक्यु' सम्म काम गरिसकेकी सोनमले आफ्नो कुनै पनि फिल्ममा चुम्बन दृश्य दिएकी थिइनन् । पंकज कपुर निर्देशित 'मौसम' मा उनले साहिद कपुरलाई 'लिप-लक' चुम्बन नै दिएकी छन् । फिल्मको सुटिङ सुरु भइसक्दासम्म पनि सोनमले यो दृश्यलाई लिएर आनाकानी गरिरहेकी थिइन् रे । पछि यसका लागि तयार भइन् र सम्भव भयो, दुईबीचको उत्तेजक 'किस' । संयोगले फिल्म निर्देशक साहिदकै बुबा हुन् । साहिदको खुबी मान्नैपर्छ, उनलाई यो दृश्य गर्न कुनै अप्ठ्यारो परेन ।
 

इकान्तिपुर
Don't Miss
© all rights reserved
made with by netKUTI