चन्द्र थापा /खनाल राजेन्द्र सन्ध्यागु्रपको प्रश्तूती मुग्लानी सौगात द्धैमासिक पत्रिकाका प्रधान सम्पादक तथा कतारका अग्रज साहित्यकार सेलिङ केसीलाई गत शनिवार अगष्ट १४ तारिखका दिन सध्यागु्रपले आफ्नै कार्यलयमा सम्मानका साथ बिदाई गरेको छ ।
झापा सतासिधाम निवासी सेलिङ बिगत ८ बर्ष अगाडी कतार प्रवेश गर्नु भएको थियो कतार प्रवेश गरे देखी नै साहित्य प्रतिभाका धनि साहित्यकार सेलिङ सन्ध्यागु्रपलाई सहयात्रि बना
एर आफ्ना प्रतिभाहरु पस्किरहनु हुन्थ्यो । लामो समय सम्म प्रवास वसाईका कारण आफ्नो पारिवारिक स्थिती अप्ठेरोमा परेको हुदाँ एउटा जिम्मेवार अविभाबक भएको हैसियतले आफ्नो पारिवारिक समस्या सुल्झाउन प्रवासलाई छाडेर स्वदेशमानै केही गर्ने लक्ष्यका साथ नेपाल फर्कनु भएकोले वाहाँलाई सस्थाद्धारा वाहाँको कार्यकालको सरहना गर्दै सम्मान पत्र , खादा , मायाको चिनो साथै दोसल्ला ओडाएर सम्मानका साथ बिदाई गरेको हो । कतार बसाईमा २ वटा कृति आःनै मलामी कविता संग्रह र चिरसव कथा संग्रह प्रकाशन गरिसक्नु भएका साहित्यकार सेलिङले स्वदेशमा रहदा पनि अभिब्यक्ति कथा संग्रह प्रकाशन गर्नुका साथै थुप्रै पत्रपत्रिकाहरुमा समेत काम गर्नु भएको थियो । कतारको साहित्यिक माहोलमा अग्रजको रुपमा चिनिनु भएका सेलिङ कतारको एैतिहासिक साहित्यिक पत्रिका मुग्लानी सौगातका प्रधान सम्पादक हुनुहुन्थ्यो ।
सन्ध्यागु्रप अलखोरका अध्यक्ष थर्चा लामाको अध्यक्षातामा सम्पन्न उक्त कार्यक्रममा नवोदित साहित्यिक वाचननालयका अध्यक्ष मेहेन्द्र गुरुङ प्रथम उपाध्यक्ष युगयोगी राई र द्धितिय उपाध्यक्ष हर्क राईले संयुक्त रुपमा नवोदित साहित्यिक वाचनालयको तर्फबाट खादा ओडार सम्मान गर्नुका साथै सम्मान पत्र प्रदान गरिएको थियो । प्रमुख अतिथि रेगिस्तानी कवि तिर्थ संगम राई , मुग्लानी सौगातका सस्थापक संरक्षक तिल ब बुढाथोकी , भु पु अध्यक्ष धन जिसी कान्तिपुर प्रवासका राजेश्वर ढकाल लगायतले बिदाई तथा शुभकामना ब्यक्त गरेका थिए । बाक्लो रुपमा साहित्यकारहरुको उपस्थिती रहेको उक्त बिदाई समारोहमा साहित्यकार दिलिप अविरल , निराजन थापा , युगयोगी राई , राजेश्वर ढकाल लगायतका श्रष्टाहरुले कविता वाचन गरेका थिए । साँझ करिब ४ घण्टा समय अवधिसम्म रहेको उक्त समारोहलाई सम्बोधन गर्दै बिदाई भएर जाने साहित्यकार सेलिङले करिब १ दशक लामो बसाईमा वाहाका हितेसी मित्रहरुलाई समेत नखोलिएको वाहाको निजी जिन्दगीको पिडा साथै आप्ःनो बास्तविक नाम कृष्ण चन्द्र सेलिङ भएको खुलासा गरेर उपस्थितहरुलाई स्तब्ध समेत बनाएका थिए । सन्ध्यागु्रप संस्थाका महासचिब ले गर्नुभएको उक्त कार्यक्रम साँझ करिव ११ बजेतिर सम्पन्न भएको थियो ।