नारायण सापकोटा तनहुको देबघाट गा बि सले आज अर्थिक बर्ष २०६७ र०६८को आयब्यय बिबरण सार्बजनिक गरेको छ ।७१ लाख ३१ हजार ७ सय ९६ रुपैया ८४ पैसाको बार्षीक आयब्यय बिबरण देबघाट गा बि सले सार्बजनिक गरेको हो । सोही कार्यक्रममा योजनाको बार्षीक प्रगती प्रतिबेदन र अर्थिक बर्ष २०६७ र०६८को पेश्की बाकी बिबरण समेत सार्बजनिक गरीएको छ । बार्षीक योजना अनुसार भौतिक पूर्बाधार बिकाश, प्रबद्र्धनात्मक कार्यक्रम , लक्षित बर्ग कार्यक्रम , बालबालिका , जेष्ठ नागरीक ,दलित , आदिबासी ,जनजाती,अपांग, लगायतका कामहरु भएको गा बि स ले जानकारी दिएको थियो । गा बि स सचिब भोजनारायण श्रेष्ठको अध्यक्षतामा सुरु भएको सो कार्यक्रममा मओबादीका भुबन गुरुङ्घ ,नेपाली काग्रेसका चक्रपाणी पौडेल , एमालेका शिबराज पौडेल लगायत अन्य राजनैतिक दलका प्रतिनिधि ,बिभिन्न संघ सस्थाका प्रतिनिधि र स्थानिय बासिन्दाले योजनाहरुको समिक्षा समेत गरेका थिए ।