आश गुरुङ, लमजुङ, भदौ ३ गते । उत्तरी लमजुङमा निर्माणाधिन सिउरीखोला जलविद्युत आयोजनामा कार्यरत एक मजदुर ङादी नदीमा खसेर बेपत्ता भएकाछन् । बाहुनडाँडा र भुलभुलेको सिमानामा पर्ने ङादी नदीमाथि निर्मित बाँसको फड्केबाट चिप्लिएर सिन्धुपाल्चोक जिल्ला याङ्पाल्कोट गाविस २ का ४० बर्षिय गोपाल पाख्रिन बेपत्ता भएका हुन् । निर्माणाधिन जलविद्युत जाने क्रममा हिजोसाँझ फड्के बाट चिप्लिएर बेपत्ता पाख्रिनको खोजीकार्य भईरहेको प्रहरीले जनाएको छ । पाख्रिनको प्रहरी, स्थानियवासिन्दा र जलविद्युत आयोजनामा कार्यरत मजदुरहरुले खोजी गरीरहेका छन् ।