हेटौँडा, २३ साउन । मकवानपुर जिल्लामा आर्थिक वर्ष २०६७/६८ को अवधिमा सम्बन्ध विच्छेद गर्नेको सङ्ख्या तीव्ररुपमा वृद्धि भएको छ । श्रीमान् र श्रीमतीको नाता तोड्न चाहनेहरुमा धेरैजसो वैदेशिक रोजगारीका लागि विदेसिएका पति एवम् मदिराको लत लागेका पतिबाट आजित भएका महिला छन् । मकवानपुर जिल्ला अदालतमा आर्थिक वर्ष २०६७/६८ मा कुल एक सय तीन थान सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका थिए । यसमध्ये अदालतले ७२ थान सम्बन्ध विच्छेदको मुद्दा फर्छयोट् गरेको थियो । जिल्ला अदालतका अनुसार आर्थिक वर्ष २०६६/६७ मा जम्मा ४५ थान सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका थिए । आफूले विदेशबाट कमाई पठाएको रुपैयाँ र सुन अन्य युवकसँग लागी दुरुपयोग गरेर धोका दिएका कारणबाट कतिपय पतिले सम्बन्ध विच्छेद गर्न चाहेका देखिएको छ । केही मुद्दामा त्यस्ता सम्पत्ति पीडित पतिलाई केटा पक्षबाट अदालतले फिर्ता दिलाएको अदालतका श्रेस्तेदार हरिप्रसाद भट्टले बताउनुभयो । यसैगरी जिल्ला अदालतले गत आर्थिक वर्षमा दर्ता रहेको जम्मा सात सय ९० थान मुद्दामध्ये चार सय ८४ थान मुद्दाको फछुै्रट गरेको छ । सो अदालतमा दर्ता रहेका व्यक्तिको जग्गाको स्वामित्व कायम जग्गाधनी र जग्गा कमाउने मोहीबीच जग्गाको स्वामित्व बाँडफाँट ऐलानी जग्गा दर्ता पारिवारिक अंशबण्डा लेनदेन सवारी दुर्घटना लागुऔषध बिक्री बलात्कार ठगी र भ्रष्टाचारसम्बन्धी मुद्दा फछुै्रट गरिएको हो ।पुराना बाँकी तीन सय ६ थान मुद्दा चालु आर्थिक वर्षको भदौको तेस्रो हप्ताबाट फछुै्रटका लागि प्रकि्रयामा लगिने जिल्ला अदालतले जनाएको छ ।Source: Pokharatoday