Responsive Ad Slot

latest

बसको ठक्करबाट आमाछोरीसहति ४ जनाको मृत्यू

Monday, August 22

/ by Admin BHOLA THAPA
आश गुरुङ, लमजुङ, लमजुङ सदरमुकाम वेसीशहरमा आईतवार दिउँसो बसको ठक्करवाट आमाछोरीसहित ४ जना पैदलयात्रीको मृत्यू भएको छ । वेसीशहरको शेरावाट मनाङे चौतारा जाँदै गरेको ग १ ख १८१९ नम्बरको बस अनियन्त्रित भई शेराओरालो  झिङ्गेखोला नजिकै पैदलयात्रुहरुलाई ठक्कर दिएको थियो । वसको ठक्करवाट गाउँशहर गाविस ८, गैरीकी ५६ बर्षिया सन्तुमाया श्रेष्ठ, पाचोक गाविस २, छैलुङकी २७ बर्षिया मायाकुमारी गुरुङ, स्याङ्जा पौवेगौँडे गाविस ४ स्थायी घर भई हाल वेसीशहर सहजीमा वस्दै आएकी ३ बर्षिया सुनिता गुरुङ र उनकी आमा २७ बर्षिया सुमित्रा गुरुङको मृत्यू भएको हो छ । ३ जनाको घटनास्थलमै र सुमित्रकाको लमजुङमा उपचार हुन नसकी पोखरा लगेकोमा मणिपाल शिक्षण अस्पतालमा उपचार हुँदाहुँदै मृत्यू भएको प्रहरीले जनाएको छ ।

उनीहरु सवै आईतवार कृष्ण जन्माष्टमकीका दिन रोपाइँजात्रा हेर्न आ–आफ्नो गाउँघरवाट सदरमुकाम वेसीशहर आएका ब्यक्तिहरु हुन् । वसको ठक्करवाट अनिताकी बाबु ४४ बर्षिय यमबहादुर गुरुङ, गाउँशहर गाविस ८ की ६० बर्षिय देवकी लोहनी, स्याङ्जा विचारीचौतारा ८ का २८ बर्षिय राजेश सुनार, लमजुङ पाचोक गाविस २, छैलुङकी १६ बर्षिया अस्मिता गुरुङ गम्भीर घाईते भएकाछन् ।
गम्भीर घाईते अस्मिताको लमजुङमा उपचार हुन नसकी काठमाडौँ लगिएको छ भने यमबहादुरको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भईरहेको छ । अन्यको लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचार भईरहेको छ । वसलाई आक्रोसित स्थानीयवासिन्दाले तोडफोड गरेकाछन् । वस चालक पोखरा ९, का १८ बर्षिय सन्दिप श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ । वस ब्रेक फेल भएर अनियन्त्रित भएको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । यसैबीच, नेपाल पत्रकार महासंघका सदस्य एंव प्रेस युनियन लमजुङका अध्यक्ष कृष्ण भगवान
श्रेष्ठकी ५६ बर्षीय ममतामयी आमा सन्तुमाया श्रेष्ठको सवारी चालकको लार्पबाहीको कारण भएको दुर्घटनामा परि असामायिक निधन भएकोमा नेपाल पत्रकार महासंघ लमजुङ शाखाले मृत आत्माको चीरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवार, संचारकर्मी एवं शुभेच्छुकहरुमा हार्दिक समवेदना ब्यक्त गरेको छ । महासंघ लमजुङका अध्यक्ष कृष्ण के.सी.द्धारा जारी विज्ञप्तिमा चाडपर्वका बेला भिडभाड भईरहेका अवस्थालाई मध्यनजर नगरि जथाभावी सवारी चलाउने प्रवृत्ति रोक्न र दोषीलाई कडा कार्वाही गर्न समेत माग गरिएको छ ।
Don't Miss
© all rights reserved
made with by netKUTI