Responsive Ad Slot

latest

पहिले जस्तै सपना

Tuesday, August 23

/ by Admin BHOLA THAPA
सुशील पौडेल काठमाडौ, भाद्र ६ - सपना आफू खलपात्रबाट असुरक्षित हुँदा हेलिकप्टरबाट सपनाको राजकुमार आएर उद्धार गरी लगेको सपना बारम्बार देख्ने गर्छे । सपनामा देखेको दृश्यले एक दिन विपनामा पनि मेल खाएपछि सपनाको सपना साकार हुन्छ । प्रदीप श्रेष्ठ निर्देशित 'सपना' मा मुख्य पात्र सपना -नन्दिता केसी)ले कल्पेको राजकुमारकै शैलीमा वास्तविकतामा हेलिकप्टर क्याप्टेन दीपक -अर्जुन कार्की) आएपछि दुई दिन भित्रै प्रेम बस्छ र त्यो विवाहमा परिणत हुन्छ । जब कि सपनालाई लामो समयदेखि मन पराउँदै आएको र पाइला पाइलामा सहयोग गरेको राज

(आर्यन सिग्देल) भने खाली हात बन्छ । राजलाई सरसल्लाह दिइरहने कृष्ण (राजेश हमाल) माया गरेर मात्र हुँदैन अभिव्यक्त गर्नुपर्ने धारणा राख्छ । किनकि उसले पनि समयमै आफूले मन पराएकी राधालाई त्यसबारे जानकारी दिन अनकनाएकैले प्रेम वियोग खेप्नुपरेको हुन्छ । मल्टिस्टारर भए पनि शीर्षक अनुरूपै फिल्मको कथा नायिका सपनामा घुमेको छ । सपना दीपकसँग विवाह गरेको १० दिनमै विधवा बन्छे । आफूले मन पराउने सपनाले पति गुमाएको थाहा पाएपछि राज उसलाई अपनाउन राजी हुन्छ । यसैबीच सपना पनि आफूलाई राजले पहिलेदेखि नै चाहेको थाहा पाएपछि नयाँ सम्बन्ध गाँस्न तयार हुन्छे । जग्गेमा बसिसकेका राज र सपना त्यसबेला छक्क पर्छन्, जब हेलिकप्टर दुर्घटनामा परेको दीपक सकुशल टुप्लुकिन्छ । त्यसपछि सपना यथार्थको राजकुमारलाई छोडेर सपनाकै राजकुमारलाई अँगाल्न पुग्छे । वसन्तकुमार श्रेष्ठ र हरि बरालको संयुक्त लगानी रहेको 'सपना' को कथा विगतका फिल्मको भन्दा पृथक् लाग्दैन । पटकथाले फिल्ममा देखिने केही घटनाको स्वतन्त्र पुष्टि गर्ने झन्झट उठाएको छैन । सपनामै देखिए जसरी दीपक कुन सन्दर्भमा आयो ? उद्धार गरी कहाँ, किन लग्यो ? अनि दुई दिनमै विवाहकै अवस्थामा कसरी पुग्यो ? प्रश्न अनुत्तरित छन् । त्यसो त असम्भवप्रायः लाग्ने दुर्घटनाबाट ऊ कसरी उम्किन सफल भयो भन्नेमा पनि दर्शक अनविज्ञ हुन्छन् ।

फिल्मको सकारात्मक पक्ष यसको संगीत हो । महेश खड्काको संगीतमा मिठास छ । गीतहरू कर्णपि्रय बनेका छन् । वसन्त श्रेष्ठको नृत्य निर्देशन मध्यम छ । दीपक बान्तवाको छायांकनले भने धेरै ठाउँमा हावा खाएको छ । सामान्य फोकस इन/आउटमै उनी चिप्लिएका छन् । अभिनयमा आर्यन र सुनील दत्त -खलपात्र बनेका) सफल देखिएका छन् । बरु प्रमुख भूमिका पाएर पनि नन्दिताले न्याय दिन सकेकी छैनन् । उनको अनुहारमा भावभंगिमाको स्पष्ट कमी झल्कन्छ । कतिपय रोमान्टिक मुडमा उनी फिका लाग्छिन् ।

फिल्म समीक्षा

सपना

निर्देशक: प्रदीप श्रेष्ठ

कलाकार: राजेश हमाल, आर्यन सिग्देल, नन्दिता केसी, अर्जुन कार्की, सुनील दत्त
  

साभारःइकान्तिपुर बाट
 
Don't Miss
© all rights reserved
made with by netKUTI