Responsive Ad Slot

latest

रुकुममा पहिरो जाँदा चारको मृत्यु, पाँच घाईते

Tuesday, August 23

/ by Admin BHOLA THAPA
जे पाण्डे नेपालगन्ज, भाद्र ६ - दुई दिनदेखि परेको अविरल वर्षा पछि मंगलबार विहान गएको पहिरोमा परी रुकुममा चार जनाको मृत्यु भएको छ । पहिरोमा अन्य पाँच जना घाईते भएका छन् । रुकुमको खारा गाविसको वडा नम्वर २ हाइवाङमा रहेको जयराम ओलीको घर पहिरोले बगाउँदा उनका १६ बर्षीय छोरा यज्ञबहादुर ओली र गणेश ओलीका १४ वर्षीय छोरा सेते ओलीको मुत्यु भएको छ । उद्दार गर्न गएका सेतेलाई पहिरोले पुरेको छ । सोही वडाको सल्ले डाँडामा रहेको पुष्कर ओलीको घर बगाउँदा उनका दुई छोरीको मुत्यु भएको छ । मृत्यु हुनेहरुमा ७ वर्षकी मिना ओली र ४ वर्षकी टीका ओली छन । पहिरोमा परि पाँच जना घाइते भएका छन् । घाइते हुनेहरुमा जयरामकी श्रीमती ४० वर्षीया बुद्धी, १२ वर्षकी छोरी पवि, ९ वर्षकी भदि, ६ वर्षकी हिरा ओली र पुष्कर ओलीकी १६ वर्षीया छोरी लक्ष्मी ओली गम्भीर घाइते भएको प्रहरी निरीक्षक किशोर श्रेष्ठले जानकारी दिए । दुवै घरका सवै पशुचौपाया पनि पहिरोसंगै बगेका छन् । अहिले घटना स्थलमा प्रहरी र स्थानियवासीले उद्दार कार्य जारी राखेका छन् । पहिरोले अन्य घर पनि पहिरोको उच्च जोखिममा रहेका छन् ।
त्यस्तै खारा गाविसकै वडा नम्वर ४, ५ लगायत अन्य वडामा पनि पहिरोले व्यापक क्षती पुर्याएको छ । ठाउँ ठाउँमा पहिरो खस्दा बाटा घाटाहरु पुरिएका छन् । त्यस क्षेत्रमा लगाइएको मकै वालीमा पनि ठुलो क्षती पुगेको गाउँलेले जानकारी दिएका छन् । त्यस्तै राप्ती लोक मार्ग अन्तरगत सल्यानको रागेचौरमा पहिरो जाँदा यात्रु अलपत्र परेका छन् । राती दुई बजे आएको पहिरोले सडक अवरुद्ध भएपछि यात्रुहरु आफै बाटो खुलाउन लागि परेका छन् । यसैबीच लमजुङ संवाददाताका अनुसार लगात्तर परेको बर्षाका कारण भोटेवडार ८ सिउँडीबारका टिकादेवी अधिकारीको घर भत्किएको छ । घर भत्किदा ४ लाख बराबरको क्षति भएको जनाएको छ । घरमा भत्किएपछि घरमा भएको अन्नपात लुगाफाटा सबै पुरिएको पिडित अधिकारीले बताए । घर दिउँसोको समयमा भत्किएकोले मानवीय क्षति भने भएको छैन । मध्यमस्र्याङदी जलविधुत परियोजना निर्माणको क्रममा बम विस्फोट गर्दा घरमा असर परेको र कमजोर भएर भत्किएको पिडित अधिकारीको दावी छ 


साभारः इकान्तिपुर बाट
Don't Miss
© all rights reserved
made with by netKUTI