आश गुरुङ,लमजुङ, लमजुङको भोटेओडार गाउँ विकास समिति वडा नम्बर ९ का ५० बषिर्य लालबहादुर परियारको रुखले किचेर ज्यान गएको छ । आरनमा चाहिने कोइला अर्थात गोलका लागि भोटेओडार ९ को अमलापाखा जंगलमा आफैँले काटेको रुखको हाँगोले लागेर परियारको ज्यान गएको प्रहरीले जनाएको छ । रुखको हाँगोले लागेपछि टाउकोमा चोट लागेर सिउँडीबारस्थित कर्मदा अस्पतालमा उपचारका गरि थप उपचारका लागि पोखरा लाँदै गर्दा परियारको बाटोमै ज्यान गएको मृतकका आफन्तले वताएकाछन् । मृतक परिवारका एक श्रीमती र दुइ छोराहरु छन । गाउँकै पुर्णबहादुर विकको आरनामा राख्ने कोईला अर्थात गोल काट्न परियार, विक र एकजना लामा नामका ब्यक्ति गरि ३ जना जंगल गएका गएका थिए । मृतकको पोष्टमार्टमका लमजुङ जिल्ला सामुदायिक अस्पतालमा लागि लगिएको प्रहरीले जनाएको छ ।