Responsive Ad Slot

latest

गाईजात्राकै राति गाईमाथि करणी

Wednesday, August 17

/ by Admin BHOLA THAPA
३२ साउन राष्ट्रिय जनावर गाईलाई हिन्दूधर्मावलम्बीले लक्ष्मीका रूपमा पूजा गर्ने गरे पनि काभ्रेका एक युवाले पटक-पटक करणी गर्ने गरेको रहस्य खुलेको छ । करणी गरिरहेको समयमा स्थानीयले भेट्टाएपछि पक्रेर प्रहरी चौकीमा बुझाइएको छ । उग्रचण्डी नाला गाविस-४ घर भएका १८ वषर्ीय महेन्द्र कुसुले कपालीले छिमेकी सोही गाविस-३ का सूर्यकुमार श्रेष्ठको गोठमा गएर गाईलाई करणी गरेका थिए । डोरीले बाँधेर लडाई जबर्जस्ती करणी गर्दा गाई कराएपछि थाहा पाएर गोठमा जाँदा महेन्द्र यौनक्रीडा गरिरहेका थिए । कुसुलेले ६ पटक करणी गरेको बताएका छन् । अनुसन्धान गर्ने क्रममा आइतबार साँझ ८.३० बजे महेन्द्रलाई रंगेहात पक्राउ गरिएको हो । चिकित्सक रघु श्रेष्ठका अनुसार, पशु करणीको घटनामा संलग्नलाई मुलुकी ऐनको भाग ४ को महल १६ अन्तर्गत २ वर्षसम्म कैद हुने उल्लेख छ । राष्ट्रिय जनावर गाईको हकमा थप कारबाही हुन सक्ने बताउँदै श्रेष्ठले करणीको घाउ चेक जाँचको नेपालमा टेक्नोलोजी नभएको बताए । गाईजात्राकै दिन साँझ भएको सो घटना ढाकछोप गर्न र भित्रभित्रै मिलाउन केहीले प्रयास गरे पनि इलाका प्रहरी कार्यालयका प्रमुख सन्तोष तामाङले कारबाही प्रक्रिया अगाडि बढाइएको बताएका छन् । source:Brusselnepal.com
Don't Miss
© all rights reserved
made with by netKUTI