Responsive Ad Slot

latest

गैर आवासीय नेपाली तारा कतार कार्यक्रमको तयारी ।

Wednesday, August 3

/ by Admin BHOLA THAPA
दोहा, तमू बौद्ध सेवा समिति कतारको संरक्षकत्वमा स्थापित तमू सांस्कृतिक परिवारले आफनो तेश्रो प्रस्तुतिको रुपमा “गैर आवासीय नेपाली तारा कतार २०११” कार्यक्रमको आवश्यक तयारी भै रहेको जानकारी प्राप्त भएको छ । सांस्कृतिक परिवारका अध्यक्ष तथा कार्यक्रम संयोजक बिमल गुरुङले दिनु भएको जानकारी अनुसार उक्त कार्यक्रम यहि आउने ईदको अवसरमा पहिलो अडिशन लिईने कार्यक्रम तय भएको छ । स्मरण रहोस उक्त सांस्कृतिक परिवारले गत वर्ष पनि “नेपाली कला र संस्कृतिको संरक्षण गरौं, विदेशमा रहेका प्रतिभाको खोजि गरौं” भन्ने मुल नाराका साथ “गैर आवासीय नेपाली तारा कतार २०१०” कार्यक्रम भव्यताका साथ सम्पन्न गरि सकेको छ । यस वर्ष पनि गत वर्षमा जस्तै नृत्य र गायन गरि दुबै विधामा नेपाली प्रतिभाहरुको विच प्रतिस्पर्धात्मक सांस्कृतिक कार्यक्रमको आयोजना गरिने छ – संयोजक गुरुङले बताए । यस पालिको प्रतियोगितामा नृत्य तथा गायन दुबै विधामा उत्कृष्ट प्रतियोगिहरुलाई विशेष उपाधिले सम्मान गरिने कार्यक्रम संयोजक गुरुङले बताएका छन् । गत वर्षमा जस्तै नृत्य र गायन मध्यबाट उत्कृष्ट हुने प्रतियागिलाई गैर आवासीय नेपाली तारा कतार २०११ को उपाधिद्वारा सम्मान गरिनुका साथै दुबै विधाका उत्कृष्ट प्रतियोगिहरुले विशेष उपाधिबाट सम्मानित गरिने कार्यक्रम तय भएको जानकारी हुन आएको छ । त्यसैले यस वर्षको कार्यक्रम अरु उत्कृष्ट हुने वारे विश्वस्त रहेको कुरा हामीसंगको भेटमा अध्यक्ष गुरुङले बताए । बताईए अनुसार यो कार्यक्रम मार्फत कतारमा रहेका नेपाली प्रतिभाहरुले आफनो कला प्रस्तुत गर्न एउटा अवसर प्राप्त गर्ने छन् भने नेपाली कला र संस्कृतिलाई माया गर्ने नेपाली कला प्रेमी कतारवासी नेपालीहरुले भरपुर मनोरञ्जन पनि प्राप्त गर्ने छन् । प्राप्त समाचार अनुसार प्रतियोगितामा भाग लिन आवेदन दिने वारे कार्यक्रमको विस्तृत विवरण छिट्टै सार्वजनिक गरिने छ ।
Don't Miss
© all rights reserved
made with by netKUTI