Responsive Ad Slot

latest

अपहरण गरी फिरौती माग्ने तिन पक्राउ

Monday, August 29

/ by Admin BHOLA THAPA
नारायण सापकोटा परासी , १२ भदौ नवलपरासीमा एक ब्यक्तीलाई अपहरण गरी फिरौती रकम माग्ने तिन जनालाई प्रहरीले पक्राउ गरेको छ । नवलपरासी दाउन्नेदेबी ६ का ६० बर्षिय नरसिंह चौधरीलाई अपहरण गरी फिरौती माग्ने हाल बुटवल बस्दै आएका तिन जना युवालाई पक्राउ गरेको हो । यसरी पक्राउ पर्नेहरुमा ३५ बर्षिय बिनोद मल्ल , ३६ बर्षिय हलिम मियां र ३२ बर्षिय सलिम मियां रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक दुर्गा प्रसाद श्रेष्ठले बताए । चौधरीलाई गत भदौ ३ गते नवलपरासीको गोपिगंन्ज हाट बजारबाट अपहरण गरेका थिए । प्रहरीले अपहरणमा परेका चौधरी लाई कसरी रिहा गरुी अपहरकारीलाई पक्राउ गरेको हो यस बारे केही पनि जानकारी दिएका छैन । प्रहरीले यस घटनाक्रम बारे अधिकाशं जानकारी बाहीर ल्याउन चाहेको छैन । तर प्रहरीले यस अपहरणमा समलग्न अन्य अपहरणकारीको खोजी भईरहेको जनाएको छ । यस घटनामा समलग्न अन्य अपहरणकारी समेत फरार भएकाले सबै जानकारी नदिएको नवलपरासी प्रहरीले जनाएको छ । प्रहरीले यस घटनाको सबै जानकारी अहिले दिन नमिल्ने र केही दिनमा घटना बिबतण र थप जानकारी पत्रकार सम्मेलन गरी सार्बजनिक गरिने प्रहरी निरिक्षक श्रेष्ठले बताए ।
Don't Miss
© all rights reserved
made with by netKUTI