बागलुङ, १८ साउन । अविरल वर्षासँगै आएको बाढीले बागलुङ जिल्लाको सुदुरपश्चिममा रहेको अधिकारीचौर गाविसमा तीनवटा घर बगाएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार अधिकारीचौर-५ बस्ने जितबहादुर विक र उनका भाइ लालबहादुर सिर्पालीको घरमा बाढी पसेर भौतिक क्षति पुर् याएको हो । बाढीले घर बगाउँदा करिब रु। आठ लाख बराबरको क्षति भएको बताइएको छ । प्रहरीका अनुसार सोही स्थानका पदमबहादुर बुढाको घर बाढीको उच्च जोखिममा रहेको छ । बाढीको जोखिममा रहेका घरपरिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको इलाका प्रहरी कार्यालय वुर्तिबाङका प्रहरी निरीक्षक वीरबहादुर पुलामीले जानकारी दिए । उनका अनुसार त्यस क्षेत्रका अरु २६ घरपरिवार बाढीको जोखिममा रहेका छन् । बाढीले अधिकारीचौरको ओख्रेनी घाट धुपीचौर घाट र चामडाँडा घाटमा रहेका तीनवटा झोलुङ्गे पुल बगाउनाका साथै ४२ किलोवाटको गादीखोला लघु जलविद्युत् परियोजना र २० किलोवाटको खानीखोला लघु जलविद्युत् परियोजनालाई प्रभावित बनाएको छ । प्राप्त अर्को समाचारअनुसार बागलुङ जिल्ला मल्म गाविसका महिलाले पक्की पुल निर्माण गरेका छन् । मल्म गाविसको बाँसखोला गाउँका महिलाहरुको सकि्रयतामा रु। १ लाख ५० सङ्कलन गरी निर्माण गरिएको पुल १० मिटर लामो छ । Pokharatoday