राष्ट्रिय सहमतिको सरकार गठनका लागी राष्ट्रपति डा. रामबरण यादवले दुईपटक गरी दिएको १० दिनको समयसीमा आज साझँ ५ वजेवाट सकिँदै छ । दिईएको समयसिमामा राष्ट्रिय सहमतिको सरकार गठन गर्न दलहरु असफल भएमा राष्ट्रपति डा. यादबले अन्तरिम संविधानको धारा ३८ (२) बमोजिम वहुमतिय सरकार निर्माणका लागी आजै साझँ संसद चिवालयलाई आह्वान गर्नु हुनेछ । प्रधानमन्त्री झलनाथ खनालले गत २९ गते पदबाट राजिनामा दिएपछि राष्ट्रपति यादबले ३० गते सहमतिय सरकार गठनकालागि भदौ ४ गते सम्मको समय दिनु भएको थियो । ४ गते सम्मपनि दलहरुबीच सहमति नजुट्दा दलहरुकै आग्रहमा राष्ट्रपतिले आज बेलुका ५ बजे सम्मको समयसिमा थप गर्नुभएको थियो । ठूलो दलको नाताले पहिले आफुले सरकारको नेतृत्व गर्न पाउनु पर्ने माओवादीको अडान र माओवादी निशस्त्र नभएसम्म उसलाई कुनैपनि हालतमा सरकारको नेतृत्व दिन नसकिने काँग्रेस र एमालेको अडानका कारण दलहरुविच सहमतिको सरकार गठनका लागी सहमति जुट्न नसकिरहेको हो ।