Responsive Ad Slot

latest

प्रधामन्त्रीको निर्वाचन आइतबार

Thursday, August 25

/ by Admin BHOLA THAPA

काठमाडौ, भाद्र ८ - नयाँ प्रधानमन्त्री चयन गर्न व्यवस्थापिका संसदमा आगामी आइतबार(भाद्र ११ गते) निर्वाचन हुने भएको छ । संसदको कार्य व्यवस्था परामर्श समितिको बिहीबार बसेको बैठकले प्रधानमन्त्री निर्वाचनको कार्यतालिका तय गरेको छ । भाद्र ९ गते (भोलि शुक्रबार) अपरान्ह ५ बजेसम्मका लागि मनोनयन दर्ताको समय तोकिएको छ । भोलि नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने छ । शनिबार एक दिन खाली राखेर आइतबार अपरान्ह १ बजेका लागि निर्वाचनको समय तोकिएको छ । संविधानसभामा अहिले ५ सय ९४ सदस्य कायम रहेकाले २ सय ९८ मत ल्याउने व्यक्ति प्रधानमन्त्री हुनेछन् । आवश्यक परे आइतबार नै दोस्रो र तेस्रो पटक संसदमा निर्वाचन गर्ने समितिले निर्णय गरेको छ । प्रधानमन्त्रीका लागि माओवादीबाट बाबुराम भट्टराई र कांग्रेसबाट रामचन्द्र पौडेल उम्मेदवार देखिएका छन् । सहमतीय सरकार निर्माणका दिइएको १० दिनको समयमा सहमति नजुटेपछि राष्ट्रपति रामवरण यादवले बुधबार प्रधानमन्त्रीको निर्वाचन प्रक्रिया सुरु गर्न संसदलाई पत्र पठाएका थिए । कार्यव्यस्था परामर्श समितिले सरकारले संविधानसभाको म्याद थप गर्न दर्ता गराएको संविधान संशोधनको विधेयकमाथि १२ गते छलफल गर्ने र १३ गते भित्र टुंग्याउनु कार्यतालिका बनाएको छ । बिहीबार बस्न लागेको संसद बैठकमा सभामुख सुवास नेम्वाङले निर्वाचन र संविधान संशोधनको कार्यतालिका पेस गर्नेछन् ।  


साभार इकान्तिपुर
Don't Miss
© all rights reserved
made with by netKUTI