Responsive Ad Slot

latest

अनेरास्ववियुले ७५ वटै जिल्ला प्रशासन कार्यालयमा घेराउ गर्ने

Monday, August 22

/ by Admin BHOLA THAPA
काठमाडौं, भदौ ५ । एमालेको विद्यार्थी सङ्गठन अनेरास्ववियुले राजनीतिक दल, त्यसको नेतृत्व र सार्वभौम संविधान सभालाई दबाब दिने उद्देश्यले भदौ ५ गते ७५ वटै जिल्ला प्रशासन कार्यालयमा घेराउ गर्ने भएको छ। उसले बिहान ११ बजेदेखि दुई घन्टा घेरा गर्ने कार्यक्रम आयोजना गरेको हो । लोकतन्त्र, शान्ति र संविधानको पक्षमा जनदबाब सृजना गर्न आम जनसमुदाय, विद्यार्थी, युवा, पेशाकर्मी, नागरिक समाज र पत्रकारलाई यो अभियानमा सहयोग गर्न पनि उसले अनुरोध गरेको छ । लोकतन्त्र, शान्ति र समृद्ध समाजको जनचाहनाका लागि २०६२/६३ को जनआन्दोलन र त्यसको पृष्ठभूमिमा लामो समयदेखि नेपाली समाजको अन्तरविरोध, सङ्घर्ष र वलिदानको परिणामस्वरुप सम्पन्न निर्वाचनबाट गठित संविधानसभा तोकिएको समयमा आफ्नो कार्यभार पूरा गर्नबाट चुक्नु नेपाली जनताको अपेक्षामाथिको कुठाराघात हो- अनेरास्ववियुले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  अनलाइन पत्रिका
Don't Miss
© all rights reserved
made with by netKUTI