दोहा– वैदेशिक रोजगारीको सिलसिलामा कतारमा कार्यरत झापा शनिश्चरे ९, कार्कीडाँडाका २६ वार्षिय गंगा वहादुर तामाङको गत ११ अगष्टमा सुतेकै अवस्थामा मृत्यु भएको छ । उनी कामको सिलसिलमा कतार आएको ६ वर्ष भएको थियो भने विदा मनाएर उनी नेपालवाट फर्केको दुई महिना मात्र भएको थियो । हाल उनको मृत शरीरलाई हमद हस्पिटलमा राखिएको छ । शवलाई नेपाल पठाउनको लागि उनका आफन्त तथा सहकर्मीहरूले आर्थिक सहयोग संकलन गरेका छन् । मृतकको घरको आर्थिक अवस्था अत्यन्तै नाजुक रहेको उल्लेख गर्दै आफन्त निशान तामाङ (फोनः ६६७९०२८४) ले आर्थिक सहयोगका लागि दोहास्थित विभिन्न समाजिक संघ संस्था, ब्यवसायी तथा समाजसेवीहरुमा अपिल गरेका छन् । मृतकलाई शव छिटोभन्दा छिटो नेपाल पठाउनको लागि सक्दो कोशिस गरेको जानकारी उनले दिए । यसैविच तामाङको मृत्युप्रति दुख ब्यक्त गर्दै उनको घर परिवारलाई राहतका लागि मोरङका कुमार लामा र धरान–१३ का शारुक सुन्दासले सहयोग जुटाएका छन् । आफुहरू २ जनाको पहलमा झण्डै १५ सय रियाल सहयोग संकलन गरेको सुन्दासले बताए । .
नेपालकतारअनलाइन बाट