आश गुरुङ, तनहुँको रुपाकोट गाविस–७ मायाँखुस्थित राष्ट्रिय माविका शिक्षक कृष्णविलास पौडेललाई १ लाख १० हजार रुपैयाँ जरिवाना गरिएको छ । विद्यालयका ४ जना छात्राहरुलार्ई यौन दुब्र्यबहादुर गरेको भन्दै विद्यालय व्यवस्थापन समिति, अभिभावक, विद्यार्थी, शिक्षक तथा अन्य सरोकारवालाहरुले जरिवाना गरेको हो । सो जरिवानामध्ये १ लाख रुपैँया बैंकमा राख्ने र व्याजले बर्षेनी विद्यालयका उत्कृष्ट विद्यार्थीलाई छात्रबृत्ति दिने सहमति गरिएको र बाँकी १० हजार पीडित बालिकाहरु मुद्दा दर्ता गर्न सदरमुकाम दमौली आउँदाजाँदा लागेको खर्च तिरिने भएको विद्यालयका प्रधानाध्यापक पूर्णप्रसाद अधिकारीले जानकारी दिएकाछन् । अभियुक्त शिक्षक पौडेललाई अव आईन्दा रुपाकोट गाविस सहित त्यस क्षेत्रमा अध्यापन गराउन नदिने निर्णय समेत गरिएको र विभागिय कारवाहीको लागि जिल्ला शिक्षा कार्यालय तनहुँमा सिफारिस समेत गरिएको छ । बैठकले अभियुक्त शिक्षकले पीडित ४ जना विद्यार्थीहरुलाई सार्वजानिक रुपमा खुट्टा समातेर माफी माग्नु पर्ने पनि निर्णय गरिएपनि शिक्षक पौडेलले खुट्टा समातेर माफी नमागेको श्रोतले वतायो । घटना सार्वजानिक भए लगत्तै फरार भएका शिक्षक पौडेल विद्यालय प्रशासनको निर्देशन पछि साउन ३२ गते विद्यालयमा पुगेका थिए । सो क्रममा शिक्षक पौडेलले ‘आफु भागेको नभई जिल्ला शिक्षा कार्यालय दमौलीमा बढुवाको लागि फारम भर्न गएको’ बताएका थिए । यसैबीच जिल्ला शिक्षा अधिकारी दिलनाथ पुरीले दुई पक्षबीच मिलापत्र भएको बारे आफुले जानकारी मात्र पाएको बताए ।
गत साउन २५ गते राष्ट्रिय माविमा अध्ययनरत कक्षा ६ मा अध्ययनतर ४ जना छात्राहरुलाई शिक्षक पौडेलले कक्षा कोठा भित्र लगि यौन दुव्र्यहवारको प्रयास गरेपछि घटना सार्वजानिक भएको अभिभावक चिजा कुँवरले बताईन् । सोही क्रममा शिक्षक पौडेलले निकै अघि देखि छात्राहरुलाई यौन दुव्र्यहवार गर्दै आएको तथ्य खुलेको थियो । सो घटना सार्वजनिक भए लगत्तै विद्यालयका अन्य माथिल्लो कक्षाका छात्राहरुले शिक्षक पौडेलले यस अघि आफूहरुलाई पटक–पटक यौन दुव्र्यहवार गर्ने गरेको बताएका थिए । उनीहरुले आफूहरुले यस अघि लाज र डरको कारण कसैलाई पनि सो विषयमा जानकारी नदिएको बताएका थिए । विद्यालयमा गणित विषय अध्यापन गराउने स्थायी दरबन्दीका शिक्षकले ट्युसन पढ्न आउने छात्राहरुलाई पटक–पटक यौन दुव्र्यहवार गर्दै बलत्कारको प्रयास समेत गर्ने गरेको रहस्य खुलेपछि विद्यालय व्यवस्थापन समिति र अभिभावकहरुको संयुक्त बैठकले अभियुक्त शिक्षकलाई कानुनी कारवाहीको लागि सम्बन्धित निकायमा अनुरोध गर्ने निर्णय समेत गरेका थिए । साथै पीडित बालिकाहरुले अभियुक्त पौडेललाई कानुनि कारवाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय, जिल्ला शिक्षा कार्यालय र जिल्ला बालकल्याण समितिमा निवेदन दर्ता गराएका थिए । शिक्षकले जरिवाना तिरेपछि मुद्धा फिर्ता लिने सहमति भएको विद्यालयका सल्लाहाकार गोविन्द मिश्रले वताए ।