बिर्सिएको छैन मैले छोडेको नि हैन
नजानेर मैले बाटो मोडेको नी हैन
सालघारी सुसाउने बसन्तका गीतहरु
दिलको बारी खुसाउने जिबनका प्रितहरु
कोइली सँगै चौतारीमा मिलाउदै भाखा
सङगीनीले गाउदै हिंड्ने रम्दै बनपाखा
बिर्सिएको छैन मैले छोडेको नि हैन
नजानेर मैले बाटो मोडेको नी हैन
लेक बेसी सँगै डुल्दा मिल्दै खेल्ने दिनहरु
गुरास र टाकी फुल्दा सँगै भुल्ने दिनहरु
एसेलु र काफल टिपी सँगै बाडी खा'को
चौतारीमा अन्ताक्षरी गीत सँगै गा'को
बिर्सिएको छैन मैले छोडेको नि हैन
नजानेर मैले बाटो मोडेको नी हैन
नजानेर मैले बाटो मोडेको नी हैन
सालघारी सुसाउने बसन्तका गीतहरु
दिलको बारी खुसाउने जिबनका प्रितहरु
कोइली सँगै चौतारीमा मिलाउदै भाखा
सङगीनीले गाउदै हिंड्ने रम्दै बनपाखा
बिर्सिएको छैन मैले छोडेको नि हैन
नजानेर मैले बाटो मोडेको नी हैन
लेक बेसी सँगै डुल्दा मिल्दै खेल्ने दिनहरु
गुरास र टाकी फुल्दा सँगै भुल्ने दिनहरु
एसेलु र काफल टिपी सँगै बाडी खा'को
चौतारीमा अन्ताक्षरी गीत सँगै गा'को
बिर्सिएको छैन मैले छोडेको नि हैन
नजानेर मैले बाटो मोडेको नी हैन
श्यामकुमार ग्लान (तामाङ)
सिन्धुली माझुवा
हाल: दोहा,कतार