Responsive Ad Slot

latest

दीक्षा बनिन् मिस ग्लोबल

Sunday, August 7

/ by Admin BHOLA THAPA

काठमाडौ, श्रावण २२ - दीक्षा सिंह लामाले यस वर्षको मिस ग्लोबल इन्टरनेसनलको ताज पहिरेकी छन् । राजधानीमा शनिबार सम्पन्न प्रतियोगितामा अपेक्षा प्रधान फस्ट रनअरप र तृप्ति साह सेकेन्ड रनअरप भए । निणार्यकमण्डलको 'कुनै स्कुलको पि्रन्सिपल हुने अवसर पाए तिमी के गछ्र्यौ ?' प्रश्नमा उनले 'आर्थिक-स्थिति कमजोर भएका विद्यार्थीलाई सघाउँछु' भन्ने जवाफ दिएर सबैलाई उछिनेकी हुन् । मिस सोसियल अवार्डसमेत हात पारेकी १९ वषर्ीया लामाले ताजसँगै ३० हजार रुपैयाँ, स्कुटी र विदेश अध्ययनका लागि सात सय डलर बराबरको छात्रवृत्ति पनि पाइन् । पहिलो चरणमा २६ जनाको प्रारम्भिक प्रस्तुतिपछि १५ जना दोस्रो राउन्डका लागि छानिएका थिए । तेस्रो राउन्डका ५ जनामध्येबाट अन्तिम नतिजा निकालिएको हो । यही प्रश्नमा फस्ट रनअरप अपेक्षाले 'नेपाली भाषा संरक्षण गर्छु' भन्ने जवाफ दिएकी थिइन् । उनले पनि ताजसँगै २० हजार रुपैयाँ र विदेश अध्ययनका लागि ५ सय डलर बराबरको छात्रवृत्ति हात पारिन् । सेकेन्ड रनअरप तृप्तिले १५ हजार रुपैयाँ र दुई सय डलर बराबरको छात्रवृत्ति पाइन् ।
प्रतिभा लिम्बू, गान्धी क्षेत्री, मुना श्रेष्ठ, अनुपा श्रेष्ठ, सनत न्यौपाने र हर्दिप चौहानलगायतको निणर्ायकमण्डल रहेको प्रतियोगितामा ऋचा शाक्यले मिस टयालेन्ट, दृष्टि सिंहले मिस डिसिप्लेन, मनिता मुखियाले भ्युवर्स च्वाइस र मिस प|mेन्डसिप, करिश्मा बमले बेस्ट ड्रेस, सवनम साहले बेस्ट क्याटवाक, अनुष्का गुरुङले मिस पर्सनालिटी र रञ्जिता बलायरले मिस फिगरको उपाधि पाए । त्यस्तै, मानसी बस्नेतले मिस इन्टेलिजेन्स, सरिता चन्दले बेस्ट मार्केटिङ पर्फरमेन्स र सुपि्रभा श्रेष्ठले मिस फोटोजेनिकको उपाधि पाए । प्रतियोगिता मोडल ग्लोबल भिसाजले गरेको हो । (साभारः इकान्तिपुर)
Don't Miss
© all rights reserved
made with by netKUTI