पर्दामा राम्री देखिएकी हिरोइन बाहिरी दुनियाँमा कस्ती देखिन्छिन्, हाम्रो मनमा खुल्दुली थियो । यस्तै खुल्दुलीबीच साथीहरुमार्फत नेपाली फिल्मकी हिरोइन रेजिना उप्रेतीलाई हामीले ठमेल-दरबारमार्गतिर देख्यौं, चिन्यौं, उनीसँग संगत गर्यौं र पर्दामा देखिएकी उनले पर्दा उघारेर आफ्ना असलियत देखाएपछि हामीलाई रेजिनामात्र हैन, यहाँका प्रत्येक हिरोइन त्यस्तै ‘पतित’ लाग्न थाले । बरु, ठमेलमा डान्सबारका केटी ठीक, हिरोइन भनिएकाहरु साह्रै घटिया हुँदारहेछन् ।
ठमेलको एक ट्राभल तथा ट्रेकिङ कम्पनीसँग सम्बन्धित हाम्रो एकजना साथीले रेजिनालाई ६ महिना पहिले कोही पत्रकारमार्फत चिनेको रहेछ । त्यो साथीले पैसा टन्न कमाएको, जिउडाल पनि एकदम राम्रो । त्यस्तो मान्छे पाएपछि रेजिना पछि लाग्नु स्वभाविकै हो । पहिला हाम्रो साथीले रेजिनासँग ठूला-ठूला कुरा गरेछ र उसलाई आफ्नो बसमा ल्याएछ । यहाँसम्मकी, रेजिनालाई फिल्ममा लगानी गरिदिनेसम्मको बाचा गरेछ । त्यसपछि रेजिनालाई के चाहियो र, विहानै, दिउँसै, बेलुकी र मध्यरात पनि फोन गरेर जहाँ भन्
यो, त्यहाँ भेट्न जान थाली । मैले दरबारमार्ग प्रहरी कार्यालय पछाडि रहेको सिमोल क्याफेमा धेरैवटा साँझ रेजिनालाई ग्ल्यामरस ड्रेसमा देखेको/भेटेको छु । ‘खान्न-खान्न लोकाचार, खाएपछि मानाचार’ भनेजस्तो सुरुमा रक्सी पिउन अन्कनाएजस्तो गर्थी । आफूलाई कत्ति न बि्रटनी स्पेयर, ब्रुक केलीजस्ता पब्लिक फिगर सम्झेर पहिला वरिपरि मान्छे हेरीवरी अरुले नदेखेको मौका छोप्दै रक्सी पिउन थाल्थी
तर, रक्सी लाग्दै गएपछि डान्सबारमा नाङ्गो नाच देखाउनेहरु ग्राहकको टेबुलमा पुगेर कति गतिछाडा हुन्छन्, त्यसको दोब्बर गति रेजिनाले छाडेको दृष्य हाम्रो आँखामा अझै पनि ताजै छ । महंगो-महंगो वाइनबाट सुरु हुने उसको दारु तनाई साह्रै घटियास्तरसम्म पुग्दोरहेछ । अनि, त्यहाँ उसले रक्सी पिएर फरक फरक पोजमा खिचेका फोटा हाम्रो मोबाइलमा अझै पनि सेभ छ । ती फोटो यति छाडा छन्, जो पत्रिकामा छापिनेस्तरका छैनन् ।
हाम्रो साथीलाई प्रभावित पार्न र आफ्नो बसमा राख्नका लागि रेजिनाले जस्तो पनि प्रस्ताव स्वीकार्ने स्थिति भयो । हुँदाहुँदा रेजिना भनेपछि हामी एकै ठाउँमा एउटै पेशाका साथी टाढा हुने भयौं, रेजिनाका लागि त्यो साथीले त्यति धेरै टाइम दिन थाल्यो । लेखिरहनु पर्दैन होला, हाम्रो साथी र रेजिनाबीच के-केमात्र बाँकी भयो भन्ने कुरा ।
एकदिन एयरपोर्टबाट फर्किंदा साथीले रेजिनालाई फोन गरेछ र उसको कोठामा आउँछु भनेछ । एकदम साँघुरो ˆल्याटमा रेजिना आफ्नी भाउजूसँग बस्दिरहिछ । हाम्रो साथी पुग्दा रेजिना नाइट ड्रेसमा थिई र साथी पुग्नासाथ फ्रेस हुन्छु भनेर बाथरुम छिरी । उसको कोठामा साथी एक्लै भयो । कोठा नियाल्दा त्यहाँ त लोकल हि्स्वकी (रोयल स्ट्याग, सिग्नेचर), बियरका बोतल, जताततै सिगरेटका ठुटा फालेको देख्यो । कोठा पनि एकदम गन्हाएको । यी सबै दृष्य हेरेपछि हाम्रो साथीले मनमनै भन्यो, ‘यो केटी त्यति गतिलो हिरोइन हैन रहेछ…!’ बाथरुम छिरेको ३० मिनेटपछि रेजिना कम्मरमा तौलिया बेरेर बाहिर आई, अनि हाम्रो साथीसँग सिगरेट मागेर सल्काई । त्यो सिगरेट सिध्याउन रेजिनालाई एक मिनेट पनि लागेन । सिगरेट फ्याँकेपछि आफ्नी भाउजूसँग साथीलाई चिनाई । त्यसपछि हाम्रो साथीकै अगाडि रेजिना लुगा फेर्न थाली । एकछिन मेकअप गरी र साथीसँगै दरबारमार्गतिर गई । साथीले भनेअनुसार, त्यही विहानबाट रेजिनाको वास्तविकता थाहा भयो र फोन रिसिभ गर्न छाड्यो ।
रेजिनाले हाम्रो साथीसँग मिलेर एउटा फिल्म बनाउने भनेकी थिई । त्यसका लागि ८० लाख जति लगानी गर्नुपर्ने र त्यसको दोब्बर नाफा हुन्छ भनेकी रहिछ । ८० लाखले एक करोड ६० लाख तान्ने भएपछि हाम्रो साथी मख्ख पर्यो र लगानी गर्ने बचन पनि दियो । रेजिनाको कोठा जानुअघिसम्म पनि ऊ ८० लाखमा फिल्म बनाउने सोचाइमा थियो । तर, हिरोइनको पर्दा उघि्रएपछि मेरो साथीलाई बरु नाङ्गो नाच नाच्ने डान्सबारका केटी ठीक, त्यो हिरोइन एकदम घटिया लागेछ । यसपछि पनि रेजिनाले रातदिन फोन गर्ने, एसएमएस पठाउने गर्न थाली । उसका कतिपय एसएमएस अझै पनि मोबाइलमा सेभ छन् । एकदिन हामी ठमेलकै कुनै रेस्टुरेन्टमा उही रेजिनापीडित साथीसँग बसेका थियौं । रातदिन फोन गरेर हैरान पार्ने रेजिनाले त्यो साँझ पनि मेरो साथीलाई फोन गरिरहेकी थिई । साथीले फोन मलाई दियो । मैले रिसिभ गरेँ । मैले ‘हेल्लो’ मात्र के भनेको थिएँ, उसको मुखबाट त्यही भाषा निस्कियो । ठमेलमा दिनरात हामी कस्ता-कस्ता पेशेवर यौनकर्मीदेखि समलिंगीसम्म देख्छौं, उनीहरुले बोलेको, हिँडेको र खाएको देख्छौं, ती यौनकर्मीका मुखबाट आजसम्म त्यस्तो छाडा कुरा सुन्नु परेको छैन, जुन कुरा हामीले नेपाली फिल्मकी ‘चल्तीकी’ हिरोइनबाट सुन्यौं । जब उसले छाडा कुरा बोली, मैले पनि त्यस्तै जवाफ फर्काएँ । अनि, आफैंले फोन काटी । त्यो साँझपछि आजसम्म न मेरो साथीलाई, न मलाई, रेजिनाको फोन आएको छैन ।
Source:http://brusselnepal.com
- ज्याठाबाट जनक