आश गुरुङ, लमजुङ, असार २० गते ।
ब्लड क्यान्सरवाट पीडित लमजुङकी एक युवतीले आफूलाई सहयोगका लागि आग्रह गरेकीछन् ।पूर्वी लमजुङको बन्सार गाउँ विकास समिति वडा नम्बर ८, टाप गाउँकी १९ बर्षिया पूर्णिमा गुरुङले आफूलाई सहयोग गर्न याचना गरेकी हुन् । बाबुआमा गाउँमा खेतिकिसानी गर्ने र आर्थिक अवस्था ज्यादै नाजुक भएकाले उपचार गराउन ज्यादै कठिनाई परेको भन्दै उपचारमा सहयोग गरेर आफ्नो जीवन रक्षाका लागि सहयोग गरिदिन पूर्णिमाले आग्रह गरेकी हुन् । ब्लड क्यान्सरवाट पीडित पूर्णिमा गत असार १२ गतेदेखि बीपी कोईराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर, चितवनमा उपचार गरिरहेकीछन् । पूर्णिमाकी फुपू तेजमाया गुरुङले घरायसी आर्थिक अवस्था ज्यादै नाजुक भएका पूर्णिमालाई सहयोग गरिदिनुहुन सवैलाई आग्रह गरेकीछन् । पूर्णिमालाई सहयोग गर्नुहुने महानुभावले तेजमाया गुरुङको फोन नम्बर ९८४६१२७९९१ मा सम्पर्क गर्नुहुन परिवारजनले अनुरोध गरेकीछन् ।