आश गुरुङ,
२ जना गम्भीर
लमजुङ, निर्माणाधिन वेसीशहर चामे सडक निर्माण कार्यगणको मनाङ धारापानी गाविस १, सिरानतालमा रहेको अस्थायी क्याम्पमा ढुंगा खस्दा एक सैनिकको मृत्यू भएको छ । २ जना सैनिक गम्भीर र्घाईते भएकाछन् ।
आईतवार विहान भीरवाट खसेको ढुंगाले लागेर काभ्रे जिल्ला श्यामपाती गाविस १ घर भएका ४० बषिर्य नेपाली सेनाका प्राविधिक, हवलदार कुमारसिंह तामाङको घटनास्थलमै मृत्यू भएको हो ।
ढुंगाले लागेर लमजुङ, वेसीशहर ५ का उमेश राउत र नुवाकोट छाप गाविस ५ का सेलपोत तामाङ गम्भीर र्घाईते भएकाछन् ।
उनीहरुलाई हेलिकप्टरमार्फ उपचारका लागि काठमाडौँ लगिएको वेसीशहर चामे सडक निर्माण कार्यगण वेसीशहरले जनाएको छ ।
साभार ः इलम्जुङ