दिनेश रेग्मी दोहा (कतार), अषाढ २७ - सरकारको अपारदर्शी नियमले छुट्टीमा घर गएर वैदेशिक रोजगारीमा फर्किने कामदारले यहाँ निकै सास्ती बेहोर्न परेको छ । घर फर्केर आएका वैदेशिक कामदारले पुनः रोजगार करारनामा (इम्प्वाइमेन्ट कन्ट्रयाक्ट) बनाउनुपर्ने, श्रम स्वीकृति रकम तिर्नुपर्ने र अवधि नसकिए पनि बिमा गर्नुपर्ने जस्ता झन्झटिला व्यवस्था अनियवार्य गरिएपछि उनीहरूले सास्ती झेल्नुपरेको हो ।
यस्ता कागजात अनिवार्य लिनुपर्ने भनिएपछि कामदारहरू वैदेशिक रोजगार विभागको मिलिमतोमा चर्को शुल्क तिरेर नक्कली रोजगार करारनामा बोकेर आएका छन् । कामदारबाट मनलाग्दो रकम लिएर काजगात बनाउन स्वयं विभागका कर्मचारी, म्यानपावर एजेन्ट र ट्राभल एजेन्सीसमेत सक्रिय रहेको पीडितहरू बताउँछन् ।
सुरुमा कामदार विदेश आउँदा जसरी करारनामा, श्रम स्वीकृति रकम, बिमा गर्नुपथ्र्यो, अहिले त्यही प्रक्रिया दोहोर्याउन बाध्य पारिएको छ । पहिले विदेशमा काम गरेर घर गएका कामदार फर्केर आउँदा यस्तो व्यवस्था थिएन ।
रोजगार करारनामा (जसलाई श्रम स्वीकृति पनि भन्ने गरिन्छ) पत्र नलिएको, कल्याणकारी कोषको रकम नतिरेको र बिमा नगरेको भन्दै कतिपय कामदारहरू त्रिभुवन विमानस्थलको अध्यागनबाट फर्किनुपरेको छ । कोही कामदारको 'व्यक्तित्व' र प्रतिवाद गर्ने क्षमता, कोहीको भनसुन र कोही 'एक पटकलाई छुट पाउँदै विदेश आउने गरेका छन् । यो नियमबारे विदेशस्थित नेपाली दूतावासलाई अहिलेसम्म जानकारी छैन । कामदारले बिना जानकारीको नियमबाट दुःख दिएको भन्दै नियम हो ? के के गर्नुपर्छ ? भनेर प्रस्ट पार्न माग गरेका छन्् ।
'कतार फर्किने बेला फेरि श्रम स्वीकृति नलिएर इमिग्रेसन फुकुवा हुँदैन भन्ने सुनेर वैदेशिक रोजगार विभागमा एजेन्टलाई ४ हजार ५ सय रुपैयाँ तिरेर कागजपत्र ँबनाएँ,' कतार एयरवेज ६ वर्षदेखि कार्यरत धादिङ सल्यानकोटका पुरुषोत्तम बन्जराले कान्तिपुरसँग भने, 'मैले विभागकै कर्मचारीलाई यो त सीधै घूस भयो भनेर प्रश्न गर्दा उनीहरूले 'यस्तै हो' भन्दै जिकिर गरे ।'
बन्जराले तिरेको रकमबाट एचबिके कन्ट्रयाक्टिङ नामक कम्पनीको करारनामा, श्रम स्वीकृति दस्तुत तिरेको १ हजार रुपैयाँको बिल र जीवन बिमाको पि्रमियम १ हजार ९ सय ७० रुपैयाँको बिल छ । '४ हजार ५ सय तिरेर २ हजार ९ सय ७० को बिल पाएँ,' उनले भने, 'राजस्व उठाउने हो भने सरकारले केकेमा कति लाग्छ पहिले नै स्पष्ट जानकारी दिनुपर्छ नि !' बन्जाराको असार १९ गते बनाएको नक्कली करारानामा पद लेबर र मासिक तलब १ हजार रियाल छ, जब कि उनको मासिक तलब ५ हजार रियाल हो ।
कतारमा साढे ५ वर्षदेखि कार्यरत भाटभटेनी निवासी विनायक आचार्यले शुक्रबार फर्किने बेला त्रिभुवन विमानस्थलको अध्यागनमा कर्मचारीले श्रम गरेको छैन भन्दै दुःख दिन खोजेको बताए । 'मलाई नयाँ नियम थाहा छैन भन्दा अध्यागमनका कर्मचारीले घर पठाइदिए । बल्ल थाहा हुन्छ भने,' उनले अध्यागमनका कर्मचारीले आफूलाई अंग्रेजीमा भनेको सुनाए । सरकारको यो नियमबारे विदेशस्थित नेपाली दूतावासलाई अहिलेसम्म कुनै जानकारी छैन । कतारका लागि नेपाली राजदूत सूर्यनाथ मिश्रले छुट्टीमा गएका कामदारले नयाँ श्रम गर्नुपर्ने हो र ? भनेर कामदारले सोध्ने गरे पनि अहिलेसम्म वैदेशिक रोजगार विभागबाट कुनै जानकारी नआएको बताए । विभागका महानिर्देशक नरेन्द्रराज शर्माले सुरुमा विभागबाट अनुमति लिएको अवधि सकिएपछि पुनः नेपाल आई फेरि र्फकंदा सबै कुरा गर्नुपर्ने बताए । 'कामदारको सुरक्षाका लागि सुरुको करार अवधि सकिएपछि नयाँ श्रम स्वीकृति लिने, कल्याणकारी रकम तिर्ने र बिमा गर्ने व्यवस्था गरिएको छ,' उनले भने । साभार इकान्तिपुर