-आर.बि.गाउले

कुबेतमा झन्डै तीन सयको हाराहारीमा नेपालीहरुले एजेन्सी खुलेर बसेको अनुमान छ र उनीहरु मध्य कयौले खादिम भिसामा एजेन्सी सन्चालन गरीरहेका छन भने मातहतका कर्मचारीहरुको पनि खादिम भिसा रहेको जानकारहरु बताउछन । नेपालकुबेत मेनपावर एसोसियसनको मातहतमा नरहेका धेरै एजेन्टहरुको भिसा २० रहेको एसोसिएसनका एक प्रतीनिधीले बताए । नेपाल सरकारले खाडी रास्टमा नेपाली महिला कामदार खुल्ला गरे यता दैनिक रुपमा सयौ नेपाली महिला नेपाली बिमान स्थल प्रयोग गरेर उड्ने गरेका छन। बिगत केही महिना यता कुबेतमा पनि नेपाली महिलाहरु ओइरिने क्रम अत्याधिक छ । दुताबास खुले यता कुबेतमा नेपाली महिला भित्र्याउने काममा धेरै सुधार भएको कुरा एक समाजसेबी खुलेर बताउछन । दुताबासले सम्पूर्ण नेपाली तथा बिदेशी एजेन्टहरुलाई आफ्नो दाँयरा भित्र ल्याएर काम गरान शुरु गरी सकेको छ । दुताबास नहुँदा मनोमानी तबरबाट कामदार भित्र्याउने र अब्यब्स्थित तरिकाबाट नेपालीहरु तितरबितर हुने क्रम घट्दै गएको कुरा सबैबाट छुपेको छैन । साभार नेपाल कुबेत डटकम