Responsive Ad Slot

latest

क्षेत्रीय अस्पतालमा ‘इको कार्डियोग्राफी’ को व्यवस्था

Thursday, July 28

/ by Admin BHOLA THAPA
धन बस्नेत-पोखरा, १२साउन/ मुटु सम्बन्धीको उपचारको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ‘इको कार्डियोग्राफी’-मुटुको भिडियो एक्स रे गर्ने उपकरण)को व्यवस्था गरिएको छ । इको कार्डियोग्राफीको सहयोगबाट मुटु सम्बन्धीको उपचार सहज हुने विश्वास क्षेत्रीय अस्पतालले लिएको छ । क्षेत्रीय अस्पतालमा दुई साताअघि मात्रै इको कार्डियोग्राफीको राखिएको हो । मुटुको भिडियो एक्स रे गर्ने उक्त मेशिनबाट मुटुको धडकन, रक्त सञ्चार, भल्भको स्थिति हेर्न सकिन्छ । एक्स रे मेशिनबाट मुटु सम्बन्धीको समस्या पत्ता लगाउन सहज हुने समेत क्षेत्रीय अस्पतालले जनाएको छ । ‘दुईसातादेखि मुटुको भिडियो एक्स रे गर्ने मेशिनको व्यवस्था गरी विरामीको उपचार गर्दै आएका छौं ।’ क्षेत्रीय अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. बुद्धिबहादुर थापाले भन्नुभयो-’मुटुका समस्या भएका विरामी अन्यत्र जानुपर्ने बाध्यता समेत हटेको छ ।’ क्षेत्रीय अस्पतालमा इको कार्डियोग्राफी नहुदाँ र्सवसाधारण विरामी काठमाडौं जानुपर्ने बाध्यता थियो । ७६ लाख ८० हजारको लागतमा अस्पतालमा ल्याइएको हो । अस्पतालमा निकट भविष्यमा फोक्सो सम्बन्धी आवश्यक उपकरण भित्रयाई विरामीलाई थप सुविधा दिने योजना समेत बनाएको छ । ‘फोक्सोको उपचार गर्न आवश्यक मेशिन ल्याउने तयारीमा छौं ।’ उहाँले भन्नुभयो-’मेशिन ल्याएपछि अस्पतालबाट सबैखाले उपचार सेवा र्सवसाधारणले पाउने छन् ।’ सिटी स्क्यान, हेमोडायलोसिस, न्युरो लगायतका सेवाहरु समेत अस्पतालले दिदैं आएको छ । विरामीको चाप बढ्दै गएपछि क्षेत्रीय अस्पतालको सघन कक्षमा दुई वटा बेड समेत थप गरिएको छ । बेडसँगै आवश्यक मनिटर समेत व्यवस्था गरिएको छ । चार जना स्टाफ समेत अस्पताल विकास समिति मार्फ राखिएको क्षेत्रीय अस्पतालले जनाएको छ । र्इमजेन्सीमा समेत मनिटर राखिएको छ । बच्चा वार्डमा बेड तथा भेन्टिलेटर थपेर सघन कक्ष बनाइएको छ । मेडिकल वार्डमा पनि बेड र मनिटर थपेर सेमी आइसियु कक्ष निर्माण गरिएको छ । क्षेत्रीय अस्पतालमा दैनिक दुईहजार भन्दा बढी विरामी ओपिडीमा आउने गरेका छन् । बेड संख्याकै अभावमा सघन कक्षमा आउने विरामीलाई अन्यत्र समेत पठाउँदै आइएको छ । सुपरिटेण्डेण्ट डा. थापाका अनुसार क्षेत्रीय अस्पतालबाट ३० देखि ५० जना विरामी मणिपाल शिक्षण अस्पतालमा पठाउने गरिएको छ । सुत्केरी महिलाहरुको स्वीकृतिमा क्षेत्रीय अस्पतालमा कपर टी राखिने अस्पतालले जनाएको छ । कपर टीले महिलाहरुलाई बच्चा जमान्तरको लागि सहज हुने बताइएको छ । Source: newspokhara.com
Don't Miss
© all rights reserved
made with by netKUTI