१५ साउन: माओवादी इतिहासमा चर्चित चुनवाङ बैठकमा ६ वर्षअघि रुँदै बादलले भनेका थिए- ‘के मैले मेरो प्यारो अध्यक्ष कमरेडलाई लिन पियाओले माओलाईजसरी मार्न खोजेको थिएँ ?’ महासचिव बादलले दुई साताअघि धोबीघाटको सिद्धार्थ कटेजमा आयोजित वैद्य-बाबुराम समूहको भेलामा पनि दुखेसो पोखे- ‘प्रचण्डद्वारा मलाई ‘लिन पियाओवादी’ को आरोप लगाइयो ।’
बादलले यसो भनिरहँदा पोलिटब्युरो सदस्य पम्फा भुसाल (विद्युत्, हिमाली) पनि त्यही भेलामा उपस्थित थिइन् । बादललाई ‘लिन पियाओ’ को आरोप प्रचण्डलगायत तत्कालीन नेतृत्वले लगाए पनि त्यो स्थितिमा पुर्याउनेचाहिँ उनै पम्फा थिइन् ।
सिज अभियान र बादल
जनयुद्धअघि रोल्पा-रुकुममा माओवादी (तत्कालीन मसाल) को प्रभाव रहे पनि जनयुद्ध सुरुवातका लागि परिपक्व वातावरण बनिसकेको थिएन । तर, जब पार्टीलेे जनयुद्धअगावै ग्रामीण वर्गसंघर्षको योजना बनायो र बादललाई राप्ती क्षेत्रको इन्चार्जको जिम्मेवारी दियो, त्यसपछि त्यो क्षेत्रको स्थिति नै फेरियो ।
कांग्रेसको सरकार भएकाले प्रहरी प्रशासनले उसैलाई साथ दिनु स्वाभाविक थियो । सरकारी दमन बढ्न थाल्यो । त्यही स्थितिलाई आधार बनाएर बादलले तत्काल युद्ध सुरु गर्नुपर्छ भन्ने प्रस्ताव राखे । तर, केन्द्रले तत्काल सुरु गर्ने स्थिति छैन भन्ने जवाफ दियो । त्यसपछि उनले रोल्पा-रुकुमका पार्टी कार्यकर्तालाई समावेश गरी सिज मितेरी अभियान चलाए । अभियानका क्रममा एउटा इलाकाका मान्छे अर्काेमा गए, एउटा जिल्लाका अर्काे जिल्लामा । यसले गर्दा संगठनको जालो पनि मजबुत बन्यो ।
जनयुद्ध सुरु हुँदाका कठिन दिनमा बादलको अगुवाइमा भएको त्यही ‘सिज अभियान’का कारण युद्धलाई निरन्तरता दिन माओवादीलाई सजिलो भयो । जनयुद्ध सुरु भइसकेपछि पनि बादलले आफ्नो कमान्डअन्तर्गतको क्षेत्र भएकाले सिज अभियानलाई निरन्तरता दिइ नै रहे । कांग्रेस र प्रशासनको तीव्र दमनका वेला पनि कार्यक्षेत्रमै रहेर बादलले जनयुद्धलाई अघि बढाएपछि उनी त्यस क्षेत्रमा निकै लोकपि्रय भए ।
रोल्पा-रुकुममा जनयुद्धको मात्र होइन, बादलको लोकपि्रयतासमेत वृद्धि भएपछि पार्टी नेतृत्वमा खैलाबैला उत्पन्न भयो । र, त्यस क्षेत्रबाट बादललाई हटाउने उपायको खोजी हुन थाल्यो ।
‘माथि टक्कर पर्न सुरु भइसकेको रहेछ, हामी त उत्साहका साथ काम गर्दै थियौँ, तर बादल, महरा सरहरू उत्साहित देखिन छाड्नुभएको थियो’ त्यो वेला बादलसँगै रहेर सिज अभियानमा सहभागी माओवादीको अंग्रेजी मुखपत्र रेडस्टारका सम्पादक कुमार शाह भन्छन्- ‘बादल कुनै हालतमा आधार इलाका छाड्दिन, म मरिहालँेछु भने उऽऽऽ त्यहाँ लगेर गाडिदिनू भन्नुहुन्थ्यो । उहाँलाई रोल्पामा बसेर होइन, अन्यत्रै बसेर त्यो क्षेत्रको कमान्ड गर्नुपर्ने निर्णय पार्टीले गरिसकेको रहेछ ।’
लखनऊ मुकाम र यौनकाण्ड
माओवादी एक पोलिटब्युरो सदस्यका अनुसार, राप्ती क्षेत्रको इन्चार्ज भए पनि बादल अब रोल्पा-रुकुममा बस्न नपाउने भए । त्यसको साटो उनलाई लखनऊमा बस्ने व्यवस्था गरियो । सुरुमा बादलले लखनऊ जान इन्कार गरे । तर, उनलाई पार्टी निर्णय मान्ने कि नमान्ने भन्ने प्रश्न तेस्र्याइयो । त्यसपछि केही लागेन, उनी जान बाध्य भए ।
बादललाई लखनऊ पठाइएको केही समयपछि नै पार्टी केन्द्रले अर्काे निर्णय गर्यो । त्यो थियो- पम्फा भुसाल -हिमाली) लाई राप्ती क्षेत्रको सह-इन्चार्ज बनाउने र उनले पनि लखनऊमै बसेर राप्ती क्षेत्र हेर्नुपर्ने । घरपरिवार भए पनि पार्टी स्टाफका साथ लखनऊमा बस्न बाध्य बादल र यौनका मामिलामा उदारभाव राख्ने पम्फाबीच त्यहीँ बीच प्रेम र यौनसम्बन्ध कायम हुन पुग्यो ।
त्यसै क्रममा पम्फाले ‘बादलले फिल्डमै रहेर युद्धको नेतृत्व गरेकाले पार्टी नेतृत्व पनि उनैले पाउनुपर्ने’ माग गर्न थालिन् । प्रचण्डले त्यो वेला पार्टीमा पेस गरेको ‘जनयुद्धको दोस्रो रणनीतिक योजनाको समीक्षा एवं तेस्रो योजनाको प्रस्ताव’ नामक प्रतिवेदनमा ‘२०५३ असारदेखि फागुन मसान्तसम्म आइपुग्दा करिब नौ महिनाको अवधिमा कमरेड बादल र कमरेड हिमालीको सम्बन्ध आश्चर्यजनक तीव्रताका साथ आपसी प्रेम यौनसम्बन्ध एक सीमासम्म पार्टी नेतृत्वविरोधी गठजोड’मा परिणत हुनपुगेको बताइएको छ । बादलसँग प्रेम तथा यौनसम्पर्क स्थापित गरेकी पम्फाको सोही अभिव्यक्ति र उनका गतिविधिलाई आधार बनाएर माओवादीले बादललाई लिन पियाओउन्मुख भनेर आरोप लगाएको थियो ।
बाबुरामको छानबिन
बादल-पम्फाबीच यौनसम्बन्ध रहेको र पम्फाले पार्टी नेतृत्वलाई हटाउने अभियान सञ्चालन गर्न थालेको जानकारी प्राप्त भएपछि पार्टी केन्द्रले पोलिटब्युरो सदस्य बाबुराम भट्टराईको नेतृत्वमा आयोग बनाएको थियो । आयोगले दुवैजनाबीच प्रेम-यौनसम्बन्ध रहेको, यो सम्बन्धलाई उनीहरूले अन्त्य गर्नुपर्ने साथै उनीहरूमाथि कारबाही गर्नुपर्ने सिफारिस गर्यो । तर, बादल र पम्फाले त्यसको कडा प्रतिकार गरे । पम्फाले बादल र आफूबीच प्रेमका आधारमा यौनसम्बन्ध भएको, आफू अविवाहित रहेकाले बादलले चाहेमा उनीसँग विवाह गर्न पाउनुपर्ने जिकिर गरिन् ।
स्रोतका अनुसार, बादलले आफ्नो पहिले विवाह भइसके पनि यो नयाँ प्रेम भएकाले यसलाई पार्टीले मान्यता दिनुपर्ने र पम्फासँग विवाह गर्न पाउनुपर्ने अडान लिएका थिए । ‘मान्छेले प्रेम गर्छ, फेरि सम्बन्धविच्छेद गर्छ, यो स्वाभाविक हो,’ बादलको तर्क थियो, ‘यो वैज्ञानिक पनि हो, समाजवादी चरित्र पनि यही हो । मेरी जेठी श्रीमती भए पनि थुपै्र समयदेखि उनी र मेरो भेट भएको छैन, लसपस पनि भएको छैन, त्यसैले यो नयाँ प्रेमलाई पार्टीले मान्यता दिएर बिहेका लागि स्वीकृति दिनुपर्छ ।’
बादलले पम्फासँगको प्रेम र यौनसम्बन्धलाई ‘समाजवादी’ जामा पहिर्याएपछि वरिष्ठ नेता मोहन वैद्य -किरण) ले सशक्त प्रतिवाद गरेका थिए । ‘यो समाजवादी माया-प्रेम र यौनसम्बन्ध होइन, यो यौनसम्बन्धी पँुँजीवादी र सामन्तवादी विकृतिको चरम नमुना हो’ किरणको भनाइ थियो, ‘पुँजीवादलेे घरमा श्रीमती हुँदाहुँदै अर्की केटीसँग रासलीला मच्चाउँछ, सामन्तवादले चाहिँ घरमा श्रीमती हुँदाहुँदै रासलीला मच्चाएर केटीलाई घरमा लगेर पनि भित्रायाउँछ । बादलजीमा यी दुवै प्रवृत्ति देखिएको छ ।’ प्रचण्डले चाहिँ बादल र पम्फाको विचारमा देखिएको स्खलनका कारण यो विकृति देखिएको टिप्पणी गरेका थिए ।
बैठकमा नैनकला
यससम्बन्धमा निर्णय गर्न बादलपत्नी नैनकला थापालाई समेत नेताहरूको बैठकमा बोलाइएको थियो । दुखित नैनकलाले सुरुमा त बादललाई नछाड्ने बताइन् । तर, पम्फासँग बिहे गरिछाड्ने अडान देखेपछि उनले पनि अब बादलसँग आफ्नो जीवन अघि बढ्न नसक्ने ठहर गरिन् ।
‘उहाँ (बादल) को राजनीतिक जीवनमा अप्ठ्यारो पर्छ भने म बाधक बन्दिनँ,’ नैनकलाको भनाइ थियो, ‘उहाँको मन उता (पम्फातिर) भए पनि मैले मात्र उहाँलाई आफ्नो भनेर के हुन्छ र ? त्यसैले, पार्टीले पनि सम्बन्धविच्छेद गर्न भन्छ भने म स्वीकार गर्छु ।’
नैनकलाले यस्तो जवाफ दिएपछि प्रचण्डले नैनकलासँग प्रश्न राखे, ‘ल ठीक छ, तपाईंले त सम्बन्धविच्छेद गर्नुहोला । तर, बच्चाहरूको हालत के हुन्छ ? उनीहरूको भविष्यको जिम्मेवारी कसले लिन्छ ? त्यसैले, तपाईंहरूको कुनै हालतमा सम्बन्धविच्छेद हुँदैन, बरु बादलजीको पम्फासँगको सम्बन्धविच्छेद हुन्छ ।’
बादल चाहन्थे, आफ्नो बालककालदेखिको साथी, राजनीतिमा पनि आफूले निकै सहयोग गरेका प्रचण्डले यो मामिलामा आफूलाई सके सहयोग गर्नेछन्, नसके केही नरम बन्नेछन् । तर, आफूले मनाइसकेकी नैनकलालाई सम्बन्धविच्छेद गर्नबाट प्रचण्डले रोकिदिए । यति मात्र होइन, प्रचण्डकै प्रस्तावमा उनलाई पार्टीको साधारण सदस्य पनि नरहनेगरी कारबाही गरियो । पार्टीको आधिकारिक निर्णय भएकाले पम्फासँग सम्बन्धविच्छेद गरी नैनकलासँगको वैवाहिक सम्बन्धलाई नै निरन्तरता दिन बादल पनि राजी भए ।
माओवादीको पछिल्लो विवाद प्रकरणमा बादलले प्रचण्डविरोधी अभियानमा साथ दिनुको कारण यही मानिएको छ । वैद्यपक्षीय माओवादी पोलिटब्युरोे सदस्य नारायण शर्मा (कमलप्रसाद)ले अघिल्लो साता (साउन ३) को जनादेशमा यही कुराको संकेत गर्दै लेखेका छन्, ‘आफ्नो युवावस्थाको प्रवेशसँगै यी दुई नेताबीच निकटता, मित्रता, एकता र सहकार्य बादलमा देखापरेको सांस्कृतिक कमजोरीका कारण गरिएको कारबाहीबाट धेरै नै चिसिन पुग्यो र त्यसलाई झन्डै १० वर्षपछि चुनवाङ बैठकमा आएर लिन पियाओवाद उन्मुख प्रवृत्तिको आरोप फिर्ता लिएपछि केही गरम पारेको देखियो । लाग्छ, त्यतिवेला चिसिएको सम्बन्धलाई तताउन केही प्रयत्न भए पनि त्यो केही न्यानोसम्म त भयो, तर गरमचाहिँ भएन ।’
पम्फाको आक्रोश
बादल एकाएक नैनकलासँगै जिउने निर्णयमा पुगेपछि पम्फालाई त्यसले चोट पार्नु स्वाभाविकै थियो । त्यसपछि उनी बादलसँग टाढिइनन् मात्र, अब बादलविरुद्ध नेतृत्वसमक्ष कुरासमेत लगाउन थालिन् । स्रोतका अनुसार, उनले प्रचण्डलाई बादलले कसरी नेतृत्वबाट हटाउन खोजेका थिए भन्ने कुराको बेलिबिस्तार लगाएकी थिइन् ।
पन्ध्र वर्षअघि युद्धको समयमा बादल र पम्फालाई एउटै कार्यक्षेत्रको जिम्मेवारी दिँदा सो यौनकाण्ड घट्न पुगेको थियो । जसकारण प्रचण्ड र बादलबीचको सम्बन्ध चिसिन पुग्यो । प्रचण्डविरोधी वैद्य-बाबुराम गठबन्धनमा बादल पनि मिसिएपछि प्रचण्डको स्थिति नाजुक बन्न पुग्यो । बादल सो गठबन्धनमा मिसिएपछि बादल र पम्फा पनि नजिकिन पुगेका छन् ।
संयोग पनि कस्तो मिलेको छ भने प्रचण्डविरोधी यो गठबन्धनको मा
गअनुसार भएको जिम्मेवारी बाँडफाँड बादल र पम्फाका सन्दर्भमा एकअर्कासँग सम्बन्धित छन् । जस्तो कि, बादलले क्यान्टोनमेन्टमा रहेका माओवादी सेना हेर्ने विभाग इन्चार्जको जिम्मेवारी पाएका छन् भने पम्फाले पाएकी छन्, लडाकुको रेखदेख गर्ने शान्ति तथा पुनर्निर्माण मन्त्रालयको । – सीताराम बरालबाट Source: www.brusselnepal.com