
नेपाली संगीत क्षेत्रमा पछिल्लो समय सबैभन्दा व्यस्त मानिने गायिका अञ्जुले रक्सीको नशा थेग्न नसकेर बाथरुममा लड्न पुग्दा दाहिने खुट्टा भाच्न पुगेकी हुन्। उनको दाहिने खुट्टामा प्लास्टर गरिएको र बैशाखीको सहाराले हिड्डुल गरिरहेको बताइएको छ। घटना दुई साताअघिको हो।
यतिखेर उनले कुनै पनि रेकर्डिङ स्टुडियोमा गीत रेकर्ड गराएकी
छैनन्। उनको मोबाइल जतिखेर पनि स्विच अफ रहने गरेकाले धेरैले अञ्जु विदेशतिर गएको आशंकासमेत गरेका छन्। श्रीमान् मनोजलाई छाडेपछि अञ्जु अहिले माइतीमा छोरीसँगै बस्दै आएकी छन्। अञ्जुले यसपटक मात्र होइन, धेरै पटक रक्सी बढी पिउँदा सेड्युलअनुसारको गीत रेकर्ड गर्न सकेकी छैनन्। श्रीमानसँग डिभोर्स गर्नुअघि मनोजराज अमेरिका उड्नुअघि उनीसँग बसेर टन्न रक्सी खाँदा घाँटी बसेर उनले १० दिनसम्म गीत गाँउनै सकेकी थिइनन्। त्यसबेला थुप्रै संगीतकारले अञ्जुको सट्टा अरु नै गायिकालाई लिएर आ–आफ्ना गीत रेकर्ड गराएका थिए। एउटा गीत गाएबापत १० हजार रुपैयाँ पारिश्रमिक लिने अञ्जुको मासिक आम्दानी मात्र तीन लाख रुपैयाँ रहेको बताइन्छ। विदेशमा गएर गरेको स्टेज सोको आम्दानी छुट्टै छ। पछिल्लो समय विदेशमा कार्यक्रम गर्नेमा अञ्जु अग्रपंक्तिमा पर्छिन्।चलचित्र, आधुनिक, गजल गीतमा अञ्जुको माग बढी छ।साभारः http://brusselnepal.com