Responsive Ad Slot

latest

छोरी

Monday, July 18

/ by Admin BHOLA THAPA
आमा!नुहाइवरी आँगनको पारिलो घाममा आउँनु है? कुर्सी र हातमा किताब बोकेर आँगनतिर लाग्छे सरीता।

ल ल.. आमा बाथरुम देखि जवाफ फर्काउँछिन्।

अरुदिन सरीतालाई राम्रो सँगले सास फेर्ने सम्मेत फुर्सत हुदैन। दिनहुँ गाउँमा कोहि न कोहि बिरामी परेकै हुन्छ। हप्ताको एकदिन सनिवार भने उसलाइ त्यो हातारोबाट फुर्सत मिल्छ। किनकी स्वास्थ्य कार्यकर्ताको कामनै गाउँसमाजमा भरअभर परेको बेला मद्घत गर्नु हो। उसलाइ आफ्नो कामप्रति गर्व लाग्छ।
घाममा बसेर किताबको पहिलो पन्ना पल्टाउछे सरीता। पहिलो हरफमा सरसर्ती आँखा दौडाउँछे र केहिबेरका लागि चुपचाप घोत्लिन्छे। किताब बिकसित मुलुकका हरेक कुरालाई समेटेर लेखिएको थियो । तर: किताब र जीन्दगी धेरै फरक हुन्छ यहाँ । किताब पढिन्छ । पढुञ्जेल किताब संगै हाँसिन्छ भने कहिं कतै रुइन्छ । यसरीनै सरीता रुँदै हुन्छे ।

बाटो मुनी टुप्लुक्क रत्न दाई देखा पर्छ“के छ स्वास्थ्य कार्यकर्ता नानी?

“ए रत्न दाई के हुनु ! आज शनीबार बसेर घाम तापीतपाई छ ।

रत्न पनि सरीताको आँगनमा आएर उभिन्छ । सरीता नजिकैको कुर्सी सारिदिँदै भन्छे “बस्नुसन दाई कति कामले पाल्नु भएको हो कोन्नी ? ”
रत्न “के हुन्थ्यो अरु त यसो नानीलाई दु:ख दिउँकी भनेर आएको ” ।
सरीता भन्छे “भैहाल्छनी दाई कस्तो दु:ख होला कोन्नी ? नसक्ने हो भने’त गाह्रो हुन्छकी दाई ? ” दुबैको मुखबाट हाँसोको फोहोरा छुट्छ.... ।

त्यतिकैमा सरीताकी आमा जानुकाको प्रबेश हुन्छ ”कस्तो जाडो भयो ” भन्दै । सरीता र रत्नको छेउमा आएर बस्छिन जानुका नि ।

सरीता आमातिर हेर्दै भन्छे ”चिसो पानीले नुहाउनु भयो ? ” रत्न ढोग गरेँ भाउजू ? यसो कहिले काँही हाम्रो घरतिर पनि पाऊँकस्ट गरे हुन्थ्यो नि ? ” बिचैमा सरीता बोल्छे,दाई आमासित गफ मार्दै गर्नु है?म आउँछु। केहिबेर आमा र रत्नेको सामुख देखि ओझेलिन्छे सरीता ।

सरीताकी आमा जानुका “खै बाबु अलिकती उकालो हिँड्योकि सास बडेर गाह्रो हुन्छ। हिजो यो सारासंसार पाखो भारी बोकेर घुम्दापनि केही हुँदैनथ्यो । त्यहिँ तल भाईको घरमा नगएको पनि झनै वर्ष दिन हुनै लागेछ । त्यति बेलासम्म सरीताले चिया बनाएर आउँछे । रत्नतिर पहिला चिया बोकेको हात बढाउँदै-ल रत्न दाई यही कालो दुध बेगरको चिया भएपनि खाउँ ।

रत्न पनि सरीताको हात बाट चिया समाउँदै “ए यो त सुवास्थ्यको लागि लाभदायक हुन्छ नि ।

चिया खाँदै सरीता भन्छे “ अनि दाई खै के दु:ख दिन आएको भन्नु हुदैथ्यो नि ?

“कुरा के भने नी सरीता नानी उही तपाइकी भाउजू यसोधाको के। साह्रै कमजोर भएकी छ। फेरी भारी जीउँकी भए जस्तो छ, उसको लक्षण हेर्दा । काँही गएर भाँती पुर्याएर बोल्न जान्ने पनि होइन । जहाँ जाउँ आफैं । आमाले बुढाबुढी मान्छे छोरा नभै मेरो छोराको बंश चल्दैन भन्दिनु भएछ । उ चाहिँ त्यहि कुरामा अल्झेकी छे-छे। सम्झाउँदा सम्झाउँदा थाकें म त नानी । बुद्धि आउने औषधी पाए पनि हुन्थ्यो उसलाई खुवाउँन जस्तै भयो मलाई त । कुरा नबुझेको देखेर।

“होइन दाई ठिकै छ । म भोलितिर तपाईको घरमा आउँछु नि त ? ”

“अब नानी सँग कुरा के लुकाउनु मिल्छ, भने बरु त्यो बच्चा नै जन्म नदिउँकी भनेको?चार-चार वटी छोरी छदैछन ।

“हुन्छनी दाई पहिला भाउजूको स्वास्थ्य हेरेर के गर्दा राम्रो हुन्छ सोही गरौँलानी त ।
हुन्छ नानी सक्भर यसोधा मानेदेखी नानीले सम्झाइबुझाई तिनै छोरी’नै मेरा लागि छोरा भन्दा के कम र ।
रत्न आफ्ना कुरा त्यतिमै टुंगाउँदै बसेठाउँ बाट उठेर सरीता र सरीताकी आमा जानुका सँग बिदा लिएर हिँड्छ ।

केही माथि पुगेर फेरी रत्न “ए नानी एउटा कुरा माग्नु पर्ने त भुसुक्कै भूलेछु ।
“के नि दाई ? ”

” दुइ चारवटा भिँटामिनको गोली दिनु न खाना नखाएको कतिदिन भयो तपाईको भाउजूले। ”
“दाई भोलिनै भाउजूको प्रेसर नापेर दिउँला है औषधी। किनकी त्यस्तो अवस्थामा कुनै पनि औषधी नजाँची नबुझी खुवाउँनु हुदैन।”
”ए होर नानी ? त्यसो भए हुन्छ त नानी म लागें पुन:अगाडी बढ्छ रत्न घरतर्फ । सरीता आमाको टाउको मुसार्दै फूलेका केही कपाल निकाली दिन्छे । सरीताको बुवा मानधोज सरीता पाँच बर्षकी हुँदै औलोको महामारीमा परेर ज्यान गुमाउनु परेथ्यो। यो छोरी सरीतालाई आज सुवास्थ्य कार्यकर्ता बनाएर उभ्याउन जानुकालाई घरदेखि समाजसम्मका कति तिता कुरासँग सामाना गर्नु परेथ्यो । सरीताले पनि आमाले भने जस्तै ज्ञानी भएर पढ्दै गई । आज सबै गाउँलेले स्वास्थ्य कार्यकर्ता भनेर चिन्छन । आज गाउँमा आमाले बाउबिना हुर्काएकी छोरी भएनी सबैको भलो हुने काम गरेकोमा सबै दंग छन् । सरीता आफ्नो भन्दा आफ्ना गाउँलेको साह्रै हेरचाह गर्छे। बिशेष त रोगी र बुढाबुढी र बच्चाहरुलाई । आफ्नै गाउँघरमा पाउने कुराहरु कसरी सुवास्थ्यको लागि लाभदायक हुन्छन भन्नेवारे धेरै जनाले सिकेका छन् सरीताबाट। सरीताले गाउँमा स्वास्थ्य केन्द्रमा काम गर्न सुरु गरेपछि धेरैले जान्ने बुझ्ने मौका पाएका छन् । र आज गाउँलेले छोरीको महत्व कति रहेछ एउटा समाजलाई रुपान्तरण गर्ने भन्ने खाले शिक्षाको वारेमा नि केही बुझ्ने र चेतना फैलाउने शुभ-अवसर प्राप्त भएको महसुस गरेका छन्, सरीतालाई देखेर !

गीता थापा (दोषी)

.
Don't Miss
© all rights reserved
made with by netKUTI