काठमाडौं, साउन ९- माओवादीको जारी केन्द्रीय कमिटी बैठक सकिएको छ। बैठकले अध्यक्ष पुष्पकमल दाहालद्वारा प्रस्तुत शान्ति र संविधान निर्माणको कार्ययोजना केही सुझावसहित पारित गरेको छ।बैठकले आइतबारमात्र सरकारमा पठाउने मन्त्रीहरुको नयाँ सूची तयार पारेको थियो जसलाई सोमबार बिहान अध्यक्ष दाहालले प्रधान मन्त्रीलाई बुझाएका छन्। त्यसैगरी आइतबारकै बैठकले पार्टीका तर्फबाट सरकारमा नेतृत्व गर्ने व्यक्ति, संसदीय दलका नेता, मुख्य सचेतक, सचेतक जस्ता महत्त्वपूर्ण जिम्मेवारी पनि टुङ्ग्याएको थियो।यी सबै जिम्मेवारी निश्चित गरी मन्त्रीमण्डलमा सामेल हुने महिलाको सङ्ख्यासमेत बढाएपछि माओवादीमा देखिएको चरम विवाद केही मत्थर भएको छ। यिनैलगायतका माग राखेर उपाध्यक्षत्रय मोहन वैद्य, बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ तथा महासचिव रामबहादुर थापा मिलेपछि अध्यक्ष दाहाल समस्यामा परेका थिए। यही कारण पटकपटक सर्दै आएको केन्द्रीय कमिटी बैठक आइतबारमात्र बस्न सकेको थियो। साभार ः नागरिक न्युज(उजीर मगर,)