Responsive Ad Slot

latest

माओवादीद्धारा बन्द मर्स्याङदी-२ संचालनमा आउने

Wednesday, July 6

/ by Admin BHOLA THAPA
आश गुरुङ,लमजुङ, डेढ बर्षघि एकीकृत नेकपा माओवादीले बन्द गराएको माथिल्लो मर्स्याङदी-२ जलविद्युत परियोजनाको निर्माणकार्य शुचारु हुने भएको छ । भारतीय कम्पनी जीएमआरको लगानीमा हिमताल हाईड्रोपावर कम्पनीले निर्माण गर्न लागेको ६ सय मेगावाट क्षमताको परियोजना खुलाउन माओवादी सकरात्मक देखिएपछि यसको निर्माणकार्य शुचारु हुने भएको हो ।डीपीआर तयारी भईरहँदा आदिवासी जनजाति र राष्ट्रिय हित विपरित भएको भन्दै एकीकृत माओवादीको भातृसंगठन तमू राष्ट्रिय मुक्तिमोर्चाले अघिल्लो वर्षो फागुन ३ गते परियोजनाको परीक्षण शुरुङ ताघ्रिङको स्याँगेमा झण्डा गाडेर निर्माणकार्य बन्द गराएका थिए ।
परियोजनाको निर्माणकार्य अगाडि बढाउन काठमाडौँमा वसेको तमू राष्ट्रिय मुक्ति मोर्चा, लमजुङका ४ राजनीतिक दल, जलविद्युत पर््रवर्द्धन समिति, परियोजना निर्माण कम्पनी जीएमआरका प्रमुखप्रतिनिधि, लमजुङका सभाषद्हरु सम्मिलित र्सवपक्षीय बैठकमा तत्कालका लागि परियोजनाको निर्माणकार्य अगाडि बढाउने सहमति भएको एकीकृत माओवादी लमजुङका सेक्रेटरी लालबहादुर गुरुङले जानकारी दिएकाछन् । परियोजनाको निर्माणकार्य सूचारुका लागि यसअघि पटक-पटक भएको वार्ता र छलफल विना निश्कर्षटुङ्गएिको थियो । परियोजना खुलाउन माओवादी र उसको भातृ संगठन तमू राष्ट्रिय मुक्तिमोर्चामाथि चौतर्फी दबाब परिरहेको बेला काठमाडौँमा भएको बैठकमा माओवादीले परियोजना खुलाउन सहमति जनाएको हो । राष्ट्रिय स्वाधिनताको पक्षमा भन्दै यसअघि भारतीय लगानीका सवै परियोजनाहरु बन्द गर्ने क्रममा माओवादीले माथिल्लो मर्स्याङ्दी २ परियोजना समेत बन्द गराएको थियो । परियोजना बन्द गराएपछि हिमताल हाईड्रो पावर कम्पनीले डीपीआरको निर्माणकार्य नसकिँदै उर्जा मन्त्रालयमा रिपोर्ट बुझाएको थियो । अहिले एकाएक माओवादीले जीएमआरद्धारा निर्माणाधिन परियोजना सूचारु गर्ने सहमति जनाएपनि यसको कारणभने केही खुलाएको छैन । सत्ता साझेदार दल एकीकृत नेकपा माओवादीलाई भारतीय दबाब आएपछि परियोजना खुलाउन केन्द्रीय नेतृत्व सकरात्मक देखिएको श्रोतले वतायो । यसअघि माओवादी उपाध्यक्ष डा. बाबुराम भट्टर्राई पक्ष खुलाउनुपर्ने र प्रचण्ड-बैद्यपक्ष कुनैपनि हालतमा खुलाउन नदिने पक्षमा उभिएका थिए । परियोजना खुलाउने विषयमा माओवादीका बैद्यपक्ष भने अझै असन्तुष्ट देखिएकाछन् । बैठकमा सहभागि तमू राष्ट्रिय मुक्तिमोर्चाका सल्लाहकार संयोजक एवं माओवादी स्थायी समिति सदस्य देव गुरुङले, सरकारले छुट्टै उर्जा नीति नबनाएसम्म तत्कालका लागि उत्पादन अनुमतिमा रोक लगाउने तर, त्यस भन्दा पहिले डीपीआर र वातावरणीय प्रभाव मुल्याङ्कनका काम भने गर्न दिईने वताए । बैठकमा एमाले पोलिटब्यूरो सदस्य तथा लमजुङ क्षेत्र नम्बर २ वाट निर्वाचित सभाषद् पृथ्वीसुब्बा गुरुङ, तमू राष्ट्रिय मुक्तिमोर्चाका केन्द्रीय अध्यक्ष अमर तमू, लमजुङ क्षेत्र नम्बर २ वाट एकीकृत माओवादीतर्फाट निर्वाचित सभाषद् बुद्धिराम गुरुङ, राप्रपा महामन्त्री हेमजंग गुरुङ, एकीकृत माओवादी लमजुङकार् इन्चार्ज देवेन्द्र पराजुली, कांग्रेस सभापति कृष्णप्रसाद कोईराला, एमाले अध्यक्ष जमिन्द्रमान घले, राप्रपा अध्यक्ष बालचन्द्र श्रेष्ठ, जलविद्युत पर््रवर्द्धन समितिका संयोजक स्थानीय विकास अधिकारी उत्तमप्रसाद नागिला, जलविद्युत निर्माण कम्पनीका राष्ट्रिय निर्देशक लगायत सहभागि थिए ।

तस्विरमाः उत्तरी लमजुङको स्याँगेमा निर्माण भईरहेको माथिल्लो मर्स्याङ्दी २ जलविद्युत परियोजनाको परीक्षण शुरुङमा २०६६ फागुन ३ गते झण्डा गाढ्दै तमू राष्ट्रिय मुक्ति मोर्चा सम्मिलित माओवादी कार्यकर्ताहरु ।साभार ः इलम्जुङ
Don't Miss
© all rights reserved
made with by netKUTI