
समस्या निजी सञ्चालकमा मात्र नभएर सरकारी अस्पतालमा पनि छ। महाराजगञ्जस्थित शिक्षण अस्पतालको एम्बुलेन्सले कस्तो सेवा दिइरहेको छ भन्ने जानकारी अस्पतालको रेसिडेन्सियल डाक्टर्स एसोसिएसनका अध्यक्ष विष्णु पोखरेललाई छैन। 'कतिपय बिरामीका आफन्तले हाम्रो अस्पतालको एम्बुलेन्स अत्यधिक महँगो रहेको गुनासो गरेको सुनेको छु,' पोखरेल भन्छन्, 'त्यसो हो भने गलत हो।' केही अघिसम्म एम्बुलेन्स अभाव हुने काठमाडौं उपत्यकामा यतिबेला एम्बुलेन्सको संख्या करिब सवा सय पुगिसकेको छ। यातयात व्यवस्था कार्यालयको तथ्यांकअनुसार बागमती अञ्चलमा यस वर्षमात्र २८ वटा एम्बुलेन्स दर्ता भएका छन्।'कानुनमै उल्लेख भएपछि यो सुविधा माग्न आउनेलाई कर मिनाहा गरिदिने पत्र भन्सार कार्यालयलाई लेख्दै आएका छौं,' जिल्ला जनस्वास्थ्य कार्यालयका अध्यक्षसमेत रहेका काठमाडौं प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद ढकाल भन्छन्, 'यसरी कर मिनाहामा भित्रिएका एम्बुलेन्स कसैले व्यावसायिक रूपमा प्रयोग गरेमा के कारबाही गर्ने भन्ने कानुनमा कतै छैन।' एम्बुलेन्स भिœयाउन भन्सारलाई पत्र लेख्नुअघि आवश्यक कागजातमा झिकाउने संस्था मुनाफामुखी हुन नहुने व्यवस्था भए पनि सबैजसोले एम्बुलेन्स ल्याएपछि अत्यधिक शुल्क राखेर सञ्चालन गर्ने गरेका छन्। 'मेरो कार्यालयबाट सिफारिस भएर आएका एम्बुलेन्स कसरी चलेका छन् भन्ने अनुगमन गर्ने भएको छु,' प्रजिअ ढकाल भन्छन्, 'त्यसका निम्ति टोली गठन भइसकेको छ।' टोलीमा ट्राफिक प्रहरी, रेडक्रस र जिल्ला जनस्वास्थ्यका प्रतिनिधि समेटिएको जानकारी उनले दिए। साभार नागरीक न्यज(ऋचा अर्याल,)