
अमेरिका स्थित प्लानेट ईनकर्पाेरेशन र नेपालको ई प्लानेट प्रालिको आयोजनामा भईरहेको प्रतिस्पर्धाको न्युयोर्क अडिसनलाई तन्नेरी पुस्ताले रौनकता थपेको थियो । प्रतियोगितमा सहभागी कानुन व्यवसायी डिल्ली भको भनाई थियो ‘यसअघिका सागींतीक कार्यक्रम भन्दा यो उपस्थिती नितान्त भिन्न छ।’ प्रतियोगिताको सहयोगीको रुपमा देखिएका ज्याक्सन ईन्टरनेशनलका कृष्ण न्यौपानेले भने ‘यसले हामीलाई उत्साहित पारेको छ ।’
गौरी मल्लको स्वागत मन्तव्य सगै संगीतले मौहाललाई गाँजेको छ । संगीतसँगै प्रतिस्पर्धी युवतीहरुले स्टेजमा आ आफनो प्रस्तुती गरेका थिए । पत्रकार प्रसन राईले संचालन गरेको सो कार्यक्रममा २०४२ सालमा नबीन ढुङगेलले गाएको चर्चित ‘माछी मारन हे दाई हो’ गीत भाकालाई उनकै छोरा अभय ढुङगेल स्टेजमा उर्तादा मौहाल झुम्न पुगेको थियो । गायक तिलक श्रेष्ठ, राजेन्द्र राई लगायतका स्थानीय कलाकारहरुले कार्यक्रमलाई साथ दिएका थिए । यसका अतिरिक्त नृत्यहरुको लामै श्रृखला थियो । न्युयोर्क अडिसन सहित सागीतीक कार्यक्रम नेपाली व्यवसायी केशव राईको सक्रियतामा आयोजना भएको थियो । आयोजक समितीका अमित शाहका अनुसार न्युयोर्कपछि बांकी आठ शहरमा अडिसन पालो छ ।साभार ः इकान्तिपुर