Responsive Ad Slot

latest

पूर्व एआईजी खड्का बयान दिन विशेष अदालतमा ।

Thursday, July 21

/ by Admin BHOLA THAPA
काठमाडौँ, साउन ५- सुडान घोटालासम्बन्धी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दर्ता गरेको मुद्दामा बयान दिन नेपाल प्रहरीका पूर्व एआइजी मदनबहादुर खड्का आज विशेष अदालतमा उपस्थित भएका छन्। अदालतमा अहिले उनको बयान चलिरहेको छ। खड्का बिहान साढे १० बजे विशेष अदालतमा उपस्थित भएका थिए। उनको बयानपछि आजै थुनछेकसम्बन्धी बहस हुने बताइएको छ। थुनछेकको बहसपछि उनलाई थुनामा राखी छानबिन अघि बढाउने, धरौटीमा तारेखमा रिहा गर्ने वा सफाइ दिने बारे अदालतले निर्णय गर्नेछ। यो प्रकरणका अधिकांश आरोपीहरु धरौटीमा रिहा भएका छन्। सुडानको डार्फरमा युएन मिसनमा खटिएको नेपाल प्रहरीको लागि आवश्यक सामाग्री किन्ने क्रममा झण्डै २९ करोड रकम भ्रष्टाचार भएको ठहरसहित अख्तियारले जेठ २४ गते विशेष अदालतमा तीन पूर्वप्रहरी महानिरीक्षकसहित ३६ जनाविरुद्ध मुद्धा दायर गरेको थियो। अदालतले पूर्वप्रहरी महानिरीक्षकद्वय रमेशचन्द ठकुरीलाई ७ करोड, हेमबहादुर गुरुङलाई ५ करोड, पूर्वअतिरिक्त महानिरीक्षक दीपेन्द्रबहादुर बिष्टलाई १ करोड, वरिष्ठ उपरीक्षक श्यामबहादुर खड्कालाई ७० लाख र नायव उपरीक्षकद्वय दिनेश केसीलाई ३५ लाख र प्रकाश अधिकारीलाई ७ लाख धरौटी लिएर तारेखमा रिहा गरिसकेको छ। साभारः नागरिक न्यज(बिनिता दाहाल,)
Don't Miss
© all rights reserved
made with by netKUTI