धरान, श्रावण २ - दोस्रो मिस पूर्वाञ्चलको ताज प्रतिभा श्रेष्ठले पहिरिएकी छन् । २२ प्रतिस्पर्धीलाई पछि पार्दै उनले मिस क्याटवाक उपाधि पनि पाएकी हुन् । उनले उपाधिसाथ करिब डेढ लाख रुपैयाँको स्कुटी प्राप्त गरिन् ।
धरान उच्चमाविमा व्यवस्थापन अध्ययनरत १८ वर्षीया सुन्दरीले भनिन्, 'मलाई आत्मविश्वास थियो, उपाधि जित्छु भन्ने लागेको थियो ।' धरान-११ कल्याणचोककी उनले आफ्ना आमाबाबा र परिवारका अन्य सदस्यको साथ पाएर विजयी भएको बताइन् ।धरान सभागृहमा शनिबार साँझ भएको फाइनलमा धरान-६ देसीलाइनकी २० वर्षीया लक्ष्मी लिम्बू मिस पर्सनालिटीसहित फस्र्टरनरअप भइन् । धरान-१५ बाझगराकी अनिता विक मिस ब्युटिफुलसहित सेकेन्ड रनरअप भइन् । दुवैले एकएक ल्यापटप पाए ।मिस पूर्वाञ्चल घोषित भएपछि प्रतिभालाई गत वर्षकी विजेता सविना लिम्बूले क्राउन पहिर्याइदिएकी थिइन् । प्रतिभा, लक्ष्मी र अनिताले अब 'मिस नेपाल' मा प्रतिस्पर्धा गर्न पाउने प्रतियोगिताका इभेन्ट म्यानेजर सौरभ श्रेष्ठले बताए ।बुढासुब्बा ट्रेनिङ सेन्टरद्वारा आयोजित प्रतियोगितामा मिस ट्यालेन्ट निशा राई, मिस फ्रेन्डसिप पि्रयंका श्रेष्ठ, मिस भ्युअर्स च्वाइस रोजी बराइली, मिस ब्युटिफुल हेयर ज्योति श्रेष्ठ, मिस बेस्ट स्माइल अमिना पाखि्रन, मिस फोटोजेनिक अस्मिता गजमेर घोषित भए । उनीहरू सबैले एकएक मोबाइल सेट प्राप्त गरे ।अन्तिम समारोह पूर्व मिस नेपाल सुुगारिका केसीले सञ्चालन गरेकी थिइन् । कार्यक्रममा राजेश पायल राईले आधा दर्जन गीत सुनाएर थप मनोरञ्जन दिएका थिए । उक्त अवसरमा धराने फेसन डिजाइनर उत्तम बनेपालीलाई सम्मानसमेत गरियो । साभार इकान्तिपुर