Responsive Ad Slot

latest

कालीगण्डकीमा बेपत्ताको खोजी जारी

Saturday, July 23

/ by Admin BHOLA THAPA
म्याग्दी बाबियाचौर, ७ साउन । टुक्सीसहित कालीगण्डकी नदीमा खसेर बेपत्ता भएकाहरुको खोजीकार्य जारी छ । गलेश्वरबाट बेनी आउँदै गरेको ग१ज १२३९ नम्बरको टुक्सी शुक्रबार बेनी-जोमसोम सडकखण्डको जलेश्वरबाट कालीगण्डकी नदीमा खस्दा एकै परिवारका तीन सदस्यसहित सात जना बेपत्ता भएका थिए । बेपत्ताको प्रहरी र आफन्तले खोजी सुरु गरेको भएपनि कालीगण्डकीमा पानीको भेल उच्च रहेकाले समस्या परेको प्रहरी नायब उपरीक्षक दिनेशकुमार आचार्यले बताउनुभयो । बेपत्तामध्ये टुक्सी मालिकसमेत रहेका चालक गलेश्वरका ३७ वर्षीय वेदप्रसाद सुवेदी दग्नामका १० वर्षीय इस्पेन शेरपुजा बेगका ४७ वर्षीय दलबहादुर तिलिजा हिस्तान घराम्दीकी १४ वर्षीया माजु गर्बुजा रहेका छन् । बेपत्ता हिस्तानका ३२ वर्षीया चकबहादुर गर्बुजा २८ वर्षीया हेममाया गर्बुजा र १३ वर्षीया दिपा गर्बुजा एकै परिवारका हुन् । जिल्लाका विभिन्न ठाउँमा घर भएका उनीहरु गलेश्वरका अस्थायी बासिन्दा हुन् । दुर्घटनापछि गलेश्वर बजार शोकमग्न बनेको छ । हिलाम्मे बनेको सो सडकमा यात्रा गर्ने यात्रु र सवारी चालकहरु अहिले त्रसित भएका छन् । यसअघि गत असोजमा बेनी-जोमसोम सडकखण्डअन्तर्गत नै पर्ने बाँदरजुङ भिरबाट जिप खस्दा चालकसहित १४ यात्रुको घटनास्थलमै मृत्यु भएको थियो । Source: Pokharatoday

Don't Miss
© all rights reserved
made with by netKUTI