पोखरा,८ साउन
सिद्धार्थ क्लब पोखराको सामाजिक रुपान्तरणका लागि अभियान कार्यक्रम अन्तरगत सराङ्गकोट गाबिसमा संयुक्त आयोजनामा समुदायमा आईपर्न सक्ने सम्भाव्य प्रकोपहरु र त्यसको ब्यवस्थापनका सम्बन्धमा एक दिने प्रकोप ब्यवस्थापन सम्बन्धी अनुश्ािक्षण कार्यक्रम सराङ्गकोट गाबिस सभाकक्षमा सम्पन्न भएको छ ।सिद्धार्थ क्लबका सवाल प्रमुख दुर्गा प्रसाद खनालको संयोजकत्वमा सम्पन्न सो अनुश्ािक्षण कार्यक्रममा प्रकोप के हो यसका बिभिन्न स्वरुपहरु यसबाट पर्ने असरहरु र प्रकोप ब्यवस्थापन के कसरी गर्न सकिन्छ प्रकोपको दिर्घकालीन समस्या समाधान र प्रकोप पछाडी समुदायले गर्नुपर्ने आवश्यक बिभिन्न पहलहरु के के हुन आदिका बारेमा सहभागिलाई सिद्धार्थ क्लबका सवाल प्रमुख दुर्गा प्रसाद खनाल र सराङ्गकोट गाबिसमा साचालित स्टार सर्कल सहजकर्ता बलराम तिमि_िल्सनाले सहजीकरण गर्नु भएको थियो । सहभागीको तर्फबाट सुवास परियार कल्पना बि।s। सानुकाले परियार लगायतका सहभगिहरुले प्रकोपबाट बच्ने उपाय व्यवस्थापन साथै राहत प्राप्त गर्ने तरिकाहरुका बारेमा जानकारी पाएकोले आगामि दिनमा आफ्नो समुह र समुदायमा फैलाउने बताउनु भएको थीयो । कार्यक्रममा स्थानिय २१ जना स्टार सर्कलका सदस्यहरु र महिला अधिकार माचका पदाधिकारीको उपस्थीती थीयो । source pokharatoday