खनाल राजेन्द्र ÷ अलखोर –सन्ध्यागु्रप कतारले गत बिहिबार सदस्य श्री युवराज केसी लाई बिदाई गरेको छ । बिगत लामो समय देखी समाज बिकाशमा प्रवासीको योगदान भन्ने मुल नारालाई आत्मसाथ गर्दै संस्थालाई बिबिध क्षेत्रमा अगाडी बढाउनका निम्ती बिशिष्ठ भुमिका निर्वाह गनु भएका के सी सधैका लागी कतारलाई छाडेर आप्नै मतृभूमी नेपाल जानु भएकाले एक बिशेष कार्यक्रमका साथ संस्थाले बिदाई गरेको हो । अध्यक्ष थर्चा लामाको अध्यक्षातामा संस्थाको आप्नै कार्यलयमा संम्पन्न भएको उक्त कार्यक्रम के सी लाई संम्मानका साथ बिदाई गरिएको थियो । बिभिन्न क्षेत्रका साहित्यकार , पत्रकार तथा कलाकारहरुको उल्लेखनिय उपस्थितीमा सम्पन्न उक्त बिदाई समारोहमा के सी लाई बिदाई गर्नु परेकोमा बक्ताहरुले कामनाका साथ साथै दु.ख समेत ब्यक्त गरेका थिए । के सी सक्रिय सदस्य मात्र नभएर अनुशासीत सदस्यको रुपमा चिनिनु हुन्थ्यो ।