भक्तपुर, श्रावण ७ - नेपाली कांग्रेसका उपसभापति एवं संसदीय दलका नेता रामचन्द्र पौडेलले चौथो शक्तिको रुपमा रहेको मधेश मोर्चालाई राष्ट्रिय सहमतिमा समावेश गराइनु पर्ने बताएका छन् ।'मधेश मोर्चालाई अलग गरेर राष्ट्रिय एकता र सहमति सम्भव हुँदैन,' वीपी कोइराला विचार समाज नेपालले भक्तपुरमा आयोजना गरेको वीपी विचार र वर्तमान राजनीतिक बिषयक विचार गोष्टी कार्यक्रममा उनले भने-'मधेश मोर्चा लगायत अन्य दललाई समेटेर लगेमा मुलकमा एकता कायम हन्छ, शान्ति र संविधान पुरा हुन्छ ।' कांग्रेसले पनि मोर्चासंग मिलेर लोकतन्त्र र प्रजातन्त्र जोगाउन लागि पर्ने उनले बताए ।मुलुकमा प्रजातन्त्र र लोकतन्त्र मास्ने तत्वहरु विभिन्न नया नया अवतार लिएर सक्रिय भइरहेको उनले बताए ।माओवादी र अनय दल बीच भएको सहमती कार्यन्वयन गरे मात्रै शान्ति प्रक्रिया टुङगोमा पुर्याउने र संविधान लेखन कार्य सकिने पौडेलले बताए ।
Source ekantipur