शालिक राम आचार्य ओमान (मस्कट) नेपाली एकता समाज समाजको कार्यकर्ता भेला २२ जुलाई २०११, का दिन सम्पन्न भएको छ उक्त भेला को अध्यक्षता टंक प्रशाद खत्रीले गर्नु भयको थियो भने भिमलाल गिरिले संचालन गर्नु भएको थियो । प्रमुख अतिथिमा अन्तराष्ट्रिय नेपाली एकता समाज का केन्द्रिय सदस्य तथा ओमान नेपाली एकता समाज केन्द्रिय समितिका अध्यक्ष शोभाकान्त लामीछाने, ओमान नेपाली एकता समाज केन्द्रिय समितिका उपाध्यक्ष संजय के.सी., ओमान नेपाली एकता समाज केन्द्रिय समितिका माहासचिब शालिकराम आचार्य, ओमान नेपाली एकता समाज केन्द्रिय समितिका कोषाध्यक्ष विष्णु अर्याल, ओमान नेपाली एकता समाज केन्द्रिय समितिका सचिब धन बहादुर क्षेत्री, सिर्जनसिल सांस्कृतिक परिवारका अध्यक्ष तथा ओमान नेपाली एकता समाज केन्द्रिय समितिका का सहसचिब सिबलाल गिरि तथा एरिया समितिका पधाधीकारीहरु रहनु भएको थियो l उक्त भेला मा ओमान नेपाली एकता समाज तथा सिर्जनसिल सांस्कृतिक परिवारको सामुहिक पहलमा हरितालिका तिज २०६८ को सुभकामना कार्यक्रम गर्ने घोषणा गरेको छ उक्त कार्यक्रमको लागि १७ सदस्य कार्यक्रम तयारी समिति तोकेकोछ l २०६८ को तीज कार्यक्रम गर्नेभयकोमा ओमान नेपाली एकता समाजप्रति आस्था र बिस्वाश राखने सम्पूरण नेपाली मजदुरहरुले स्वागत गरेकाछन साथै ओमान नेपाली एकता समाजले जस प्रकार गरिब नेपालीहरुको लागि हर प्रकारको सहयोग गरे काछन त्यो चाही नेपालीहरुलाई नेपालबाट झुटा आस्वस्बासन तथा दलालहरु बाट ठगियका नेपालीहरुको उद्धार गर्ने क्रम मा नै लागिपरेको देख्खदा नै ओमान नेपाली एकता समाज लाई सबै ले माया गरेको जानकारी दिंदै विभिन्न प्रकारका समस्याहरुमा लागि रहेकोले आफु हरु ओमान नेपाली एकता समाजको सुभचिन्तक भएको मजदूर नेपालीहरुले जहिरगरे l एरिया समिति तथा केन्द्रिय समितिका मातहत मा पर्ने नेपालीहरुले उक्त भेलामा उपस्थीती जनायकाथिय उक्त भेलाले नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अबसर परि २०६८ को हरितालिका तीज कार्यक्रम गर्नेभयकोमा नेपालीहरु हर्षित दर्शाउदै ओमान मा पहिलो पटक एस पर्कार तीजको कार्यक्रम हुने बतायकाछन l कार्यक्रम मा बोल्दै अध्यक्ष शोभाकान्त लामिछाने ले ओमान लगाएत खाडीका सम्पूरण देशमा नेपाली हरु को समस्याको जानकारी दिंदै विभिन्न प्रकारका समस्याहरुमा मुछिएका नेपालीहरुको हक र हितका लागि काम गर्दै आएको र सधै मजदूरहरुको हक अधिकारको लागि अझै तिब्र गतिमा बढ्नु परेको जानकारी दिनुभयो l उक्त कार्यक्रम मा ओमान बासी नेपाली हरु लाई आगामी तीज कार्यक्रम मा उप्स्थिति भाई दिन को लागि अपील गरियको थियो जो एस प्रकार छ ..
नेपाली दाजुभाई दिदीबहिनीहरु हाम्रो देश नेपालको परम्परा अनुसार हरितालिका तिज विवाहित अविवाहित सम्पूर्ण महिला दिदीबहिनीहरुको खास पर्ब मानिन्छ, भन्नुपर्दा नेपाली महिलाको सबैभन्दा ठुलो पर्ब भनेर पनि तिजलाई नै मानिन्छ, सोहि तिजको अबसरमा हामी हाम्रो देश नेपाल छोडेर खाडीमुलुक ओमानमा रहेता पनि हाम्रा रितिरिवाज र परम्परालाई सम्झदै साथै नेपाल पर्यटन वर्ष २०११ लाई टेवा पुराऊँ भन्ने उद्स्य को साथ ओमान नेपाली एकता समाज र सिर्जनसिल सांस्कृतिक परिवारले तीज २०६८, को पावन अवशरमा तीजको कार्यक्रम पस्कन गईरहेको छ | हाम्रा आमा बुबा दाजुभाई ले आफ्ना चेलीबेटी हरुलाई लिन गई निम्तो गरी या अन्य कुनै जरिया ले एकैठाउमा जम्मा गरी एक आपसमा सुःख दु:खका कुरा आदान प्रदानगरी बर्भिन्न बाधा अड्चन हरुलाई भुली नाचगान गरी रमाइलो संग मनाउने चलन भएकोले नेपाली भाषा संस्कृति र सभ्यतालाई आत्मा सात गर्दै नेपाली चेलीबेटीहरुले परम्परा देखि बर्ष भरिनै भरिएका दु:ख बेदनालाई तिज गित बाट बाड्ने र आपसमा रमाउने प्रचलन अनुसार ओमानमा रहेका नेपाली दाजुभाई दिदीबहिनीहरुको बिचमा तीजलाई सामुहिक रुपमा मनाउने मौका ओमान नेपाली एकता समाजले प्रदान गर्दैछ परम्परा अनुसार दिदीबहिनीहरुलाई घरदैलोमा लिन जाने प्रचलन भएता पनि यस खाडी मुलुक ओमानमा त्यो कुरा सम्भव नहुनाले हामी यसै अपिल द्वारा निम्तो गर्दछौँ | उक्त सामुहिक तिजी कार्यक्रमलाई सफलपार्नको निमित्त ओमान स्थित सम्पूर्ण नेपाली दाजुभाई दिदीबहिनीहरुलाई नैतिक र भौतिक रुपले सहयोग का साथ सक्रिय उपस्थितका लागि ओमान नेपाली एकता समाज तथा सिर्जनसिल सांस्कृतिक परिवार हार्दिक अपिल गर्दछौँ |