
अल मुतैरीले दाबी गरेकि छन । प्रस्तावले कुवेतमा बुढी कन्या बस्ने समस्याको हल गर्ने छ र । देशमा बढी राखेको सम्बन्ध बिछ्छेदको दरलाई घटाउने छ ।
त्यो गुलाम मान्छेको बिशेषता र गुणको बारेमा मुतैरीले भनेकि छन । किनेको मान्छे विनम्र, शालीन, मोडेस्ट र देख्दा राम्रो हुनु पर्छ । आफनि श्रीमतीको आज्ञा पालन गर्नु पर्छ । राम्रो ब्याबार र सम्मान गर्नु पर्छ । अनी ति महिलाले आफानो जीवन सुन्दर र सुखी तरिकाले बिताउन सक्छिन र उनिहरु बिच झै झगडा र अरु कुनै किसिमको बादबिबाद बाट टाडा रहन्छन ।
मुतैरीले थपेकि छन यस्तो किसिमको गुलाम पती मुस्लिम देश बाट बिज्ञापनको माध्यमबाट छानेर लिनु पर्छ । रुसबाट सिधै ल्याउने होईन । बिज्ञापनमा कस्तो किसिमको पुरुष चाहिएको हो खुलाइने छ र त्यो पुरुष मुस्लिम अथवा मुस्लिम धर्म अपनाउन तयार हुनु पर्छ ।
कुवेति महिलाहरुले खोजे जस्तो गुलामपती आबेदनमा राखीएको फोटो हेरेर अथवा अन्तरबार्ताबाट छान सक्ने छन । सल्वा अल मुतैरीले भनेकी छन यो प्रस्तावले कुवेतमा मनुस्यको संस्कृति, उन्नती बिकास तथा समाज शास्त्रमा मद्दत पुराउने छ । सल्वा अल मुतैरीले थप्छिन, यो काम महिले गर्छु यदी मलाई कुवेत सरकारले कानुनी मान्यता दिन्छ भने । म एसिया र युरोपका देशहरुको भ्रमण गर्छु जहाँ ठुलो संख्यामा मुस्लिम समुदाय र किरायमा काम गर्ने पुरुषहरु छन जो सँग कुवेती महिलाहरुलाई संतुष्ट गर्ने बिशेषता र गुणहरु छन ।
सल्वा अल मुतैरीले दाबी गरेकी छन १४ बर्ष सम्म कुवेतमा मन्त्री रहेका धनाढ्य ब्याक्तिले एक कुवेति महिलालाई विवाह गर्नको लागि प्रस्ताव राखेका थिए । उनिले तिनी महिलालाई धेरै माया गर्थे । तर तिनी महिलाले विवाहको प्रस्ताव स्विकारिनन् किन भने ति ब्याक्ति महिला भन्दा २० बर्ष जेठा थिए । तर उनी युरोपियन राम्रो देखिने मान्छे सँग विवाह गर्न तयार छिन । यधबि त्यो गरीब किन नहोस ।
केहि महिना पहिला कुवेतको समुन्द्री तटमा बिकिनी लगाएर पौडी खेल्न अथवा घुम्नको लागि महिलालाई रोक लगाउनु पर्ने र नियम बिरुद्ध जानेलाई एक हजार जरिवाना र जेल सजाए हुनु पर्ने माग गर्दै संसद खालिदले संसदिय समितीमा प्रस्ताव पेश गरेका थिए । संसदिय समितीले खालिदको माग असंबिधानिक भएको भनि खारेज गरेको थियो । कुवेति महिलाहरुले कुवेतको संसदिय समितीको निर्णयलाई भब्य स्वागत गरेका थिए । हाल कुवेतको समुन्द्रि तटमा बिकिनी लगाएर घुम घाम गर्न खुल्ला छ । कुवेत आधुनिक बन्दै छ। साभार कुबेत नेपाल डटकम