Responsive Ad Slot

latest

चालकमाथि हातपात भएको विरोधमा र पहिरो यातायात बन्द

Thursday, July 21

/ by Admin BHOLA THAPA
चितवन, ५ साउन । बस चालकमाथि हातपात भएको विरोधमा आज यातायात व्यवसायीहरुले चितवनको पश्चिम क्षेत्रमा चल्ने भाडाका गाडीहरु चल्न रोक लगाएका छन् । ना३ख ५३०४ नम्बरको बसका चालकलाई गएराति मेघौलीको जितपुरमा स्थानीय युवकहरुको एक समूहले कुटपिट गरेको भन्दैं उनीहरुले सवारी साचालनमा रोक लगाएका हुन् । चालकमाथि कुटपिट गर्नेहरुलाई कारबाही र क्षतिपूर्तिको माग गर्दै नारायणी यातायात व्यवसायी सङ्घ र चितवन यातायात व्यवसायी सङ्घले बन्द गरेका हुन् । इलाका प्रहरी कार्यालय मेघौलीले कुटपिटमा संलग्न भएको भन्दैं स्थानीय पाँच युवकलाई नियन्त्रणमा लिएको छ । यता चितवनको दारेचोक-४ सिमलधारामा पहिरो खस्दा मुगलिङ-नौबिसे सडकखण्ड अवरुद्ध भएको छ । बाटो अवरुद्ध भएपछि राजधानी काठमाडौं जाने र आउने सयौँ सवारीसाधन बीच बाटोमा नै अलपत्र परेका छन् । पहिरो हटाउने प्रयास भएपनि पहिरो खस्न नरोकिएकाले कठिनाइ भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिङलॆ जनाएको छ । साभार ः pokharatoday.com
Don't Miss
© all rights reserved
made with by netKUTI