Responsive Ad Slot

latest

एनआरएन कतारमा कडा प्रतिस्पर्धा अध्यक्षमा गुरुङ र भट्टराईको भिडन्त ।

Thursday, July 14

/ by Admin BHOLA THAPA
सुजन के सि एनआरएन एनसीसी कतारको अध्यक्षमा दुई बलिया प्रतिस्पर्धीले आफ्नो उम्मेदवार घोषणा गरेका छन् । एनसीसी कतारको राष्ट्रिय महाधिवेशन सेम्टेम्बर २ -भदौ १६) गते हुँदै छ । यो अधिवेशनले नै एनसीसी कतारको २ वर्षको लागि नयाँ नेतृत्व छनोट गर्नेछ । एनसीसी उम्मेदवारको अध्यक्षमा नेपाल आदिवासी जनजाति महासंघ, कतारका सल्लाहकार संयोजक अमृत गुरुङ र नेपाल इन्जिनियर्स एसोसिएसन कतार सेन्टरका अध्यक्ष अर्जुनप्रसाद भट्टराईले उम्मेदवारी सार्वजनिक गरेका छन् । गुरुङले प्रवासी झापाली सम्पर्क मञ्चको दुई साताअघिको कार्यक्रममा र भट्टराईले अघिल्लो साता समाज सेवा अभियान रुपन्देहीको कार्यक्रम उम्मेदवारी सार्वजनिक गरेका थिए । आफ्नो उम्मेदवा र घोषणा संगै दुवै पक्ष प्यानल खडा गर्न लागेका छन् ।
गुरुङ प्रवासी आदिवासी जनजाति महासंघ कतारको संस्थापक अध्यक्ष । महासंघको पूर्व अध्यक्ष । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् -एनआरएनए- एनसीसी) कतारको सल्लाहकार सदस्य । गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद् अन्तर्गत युवा विभागका लागि कतार संयोजक । तमु बौद्ध सेवा समिति कतारको सल्लाहकार सदस्य तथा तमु बचत तथा ऋण सहकारी संस्था लिमिटेड कतारको अध्यक्ष । उनले उक्त संस्थाहरूबाट सहयोग पाएका बताएका छन् ।
अमृत गुरुङ
एनसीसी अध्यक्षको दाबी
उमेर : ४० वर्ष, शिक्षा बी.कम.
ठेगाना : नाल्मा-७, लमजुङ । १३ वर्षदेखि काठमाडौं, गोगंबु गणेशस्थान
कतार प्रवेश : २००४ अगष्ट
पेसा : बीबीएम कम्पनीमा प्रशासकीय सहायक

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको आसन्न निर्वाचनका लागि इन्जिनियर अर्जुनप्रसाद भट्टराईले पनि उम्मेदवारी घोषणा गर्नुभएको छ। उम्मेदवारी घोषणासँगै उहाँले जारी गर्नुभएको घोषणापत्र यहाँ प्रस्तुत गरेका छौ हाई माउन्टेन एन्ड कन्ट्याक्टिङ कम्पनीमा प्रबन्ध निर्देशक । कतारमा सुरुमा अलमदार टे्रडिङ एन्ड कन्ट्याक्टिङ कम्पनीमा र्साट इन्जिनियर, पछि जर्मन डिजाइनिङ ग्रुपमा डिजाइन इन्जिनिययर, २००३ मा ११ महिना नेपालमा बसुन्धरा पोली टेक्निकल इन्स्िटच्युटमा संलग्न, २००४ मा फेरि कतार आएर अल नियमी टे्रडिङ एन्ड कन्ट्याक्टिङ कम्पनीमा प्रोजेक्ट म्यानेजर, २००५ देखि हालको कम्पनीमा प्रबन्ध निर्देशक । नेपाल इन्जिनियर्स एसोसिएसन कतार सेन्टरका अध्यक्ष, समाज सेवा अभियान रुपन्देहीमा सल्लाहकार, पाल्पा सेवा समाजका अध्यक्ष । उनले यी संस्थाहरूबाट उम्मेदवारीको समर्थन पाएको जनाएका छन् गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद दोहा कतारका अध्यक्ष पदका उम्मेदवार अर्जुन प्रसाद भट्टराईको अवधारणा पत्र । 
नाम: ई. अर्जुन प्रसाद भट्टराई
जन्म स्थान: रुपन्देही–६, बुटवल
कतार प्रवेश: सन् २०००
योग्यता:स्नातक तह ईन्जिनियरिङ्ग(बीई)
पेशा: व्यवसाय

वैदेशीक रोजगारीको सिलशिलामा प्रवासमा वस्दै आइरहेका नेपालीहरु माझ आपसी सम्वन्ध तथा समझदारी सुमधुर बनाउँदै विभिन्न किसीमका मुद्दा वा समस्याहरुको पहिचान गरी सो को समाधानमा साझा समझदारी बनाउँदै राष्ट्रको सर्वाङ्किण विकासमा गैर आवासीय नेपालीहरुको भूमिका र योगदानको समिक्षा गर्दै सक्दो टेवा पु-याउने उद्धेश्यका साथ स्थापना भएको, सम्पूर्ण गैरआवासीय नेपालीहरुको एकमात्र साझा संस्थाको रुपमा स्थापित ‘‘गैर आवासीय नेपाली संघ” अन्र्तगत ‘‘राष्ट्रिय सम्वन्वय परिषद” दोहा कतारको आसन्न चौथो अधिवेशनमा मैले अध्यक्ष पदमा उम्मेद्धवारी दिएको सम्पूर्ण कतारवासी गैर आवासीय नेपाली मित्रजनहरुमा जानकारी गराउन चाहन्छु ।
विगतमा यस संस्थाले गैरआवासीयहरुको हक र हितका विभिन्न मुद्धाहरुमा उठान गरिसकेको भएपनि समय र परिस्थिती परिवर्तनका साथै मुद्या वा समस्याहरुका प्रकृती पनि भिन्न–भिन्न हुने भएकोले आजको वदलिदो परिस्थितीमा नयाँ र भिन्न प्रकृतीका मुद्याहरु पनि उठान हुनुपर्छ भन्ने मान्यताका साथ सो पदमा आफ्नो उम्मेद्धवारी दिएको हुँ । यसका साथै मेरा अवधारणा वा भावि योजनाहरु निम्न प्रकारको भएको जानकारी पनि गराउन चाहन्छु ।
भविष्यका योजनाहरु:
१) साझा संस्थाको अवधारणा:
कतार स्थित विभिन्न सामाजिक, धार्मिक, भौगोलिक वा राजनीतिक आधारमा स्थापित सम्पूर्ण संघ संस्थाहरुलाई विगतमा जस्तै वा अझ प्रगाढरुपमा साझा संस्थाका रुपमा साझा संस्थाको परिकल्पनालाई अझ बलियो र स्थापित संस्थाको रुपमा विकसित गर्दै लैजाने कार्यलाई विशेष ध्यानमा राखी आवश्यक पहल गर्ने ।
२) स्थानिय समस्या पहिचान र सो का समाधान:
विभिन्न माथि उल्लेखित संस्थाहरुसँग सहकार्य गर्दै विभिन्न समयमा आवश्यकता अनुसार गोष्ठी वा सेमीनारको आव्हान गरी स्थानियरुपमा देखिएका विभिन्न प्रकृतीका समस्याहरुको हरक्षेत्रबाट पहिचान गरी साझा समस्याहरुको सामुहीक समाधान खोज्न हरसम्भव प्रयास गर्ने ।
३) स्वास्थ्य, सुरक्षा र जनचेतना सम्वन्धमा:
क) जनचेतना र उचित शिक्षाका अभावका कारण स्थानियस्तरमा देखिएका अतिनै मर्माहित समस्याहरु जस्तै : सडक दुर्घटना वा सुरक्षा सचेतना सम्वन्धी समस्याहरुलाइ न्युनीकरण वा कम गर्न सोही सम्वन्धी प्रशीक्षणहरु सम्वन्धीत विषयका जानकारहरुबाट गराउने ।
ख) व्यक्तिगत वा वातावरणीय सरसफाईका कमीका कारण विभिन्न मौसम वा वातावरणीय परिवर्तनमा आफुलाई स्वास्थ्य र सुरक्षित राख्न आवश्यक पर्ने आधारभूत जानकारीका लागि विभिन्न संघ संस्थाहरुसँग सहकार्य गर्दै स्थानीय स्तरमा गोष्ठी वा सेमिनारको आव्हान गर्ने ।
ग) विभिन्न समय र अवधिमा देखिएका व्यक्तिगत वा साझा समस्याहरु जस्तै : कतारी श्रम कानुन वा कम्पनी व्यवस्थापन सम्वन्धी समस्याहरुमा कतार स्थित नेपाली दुतावास सँग सहकार्य गर्दै स्थानीय कानून अन्तर्गत गरी उच्चतम समाधानका उपायहरु अगिंकार गर्न सामुहिक पहल गर्ने ।
४) भौगोलिक वा क्षेत्रीय समस्या सम्वन्धमा:
भौगोलिक तथा क्षेत्रीय स्तरका साझा सवालहरुको पहिचानका लागि मलेशिया लगायत सम्पूर्ण खाडीमुलुकहरुमा स्थापित राष्ट्रिय समन्वय परिषदका पदाधिकारीहरुको क्षेत्रीय भेला आयोजना गरी पहिचान गरीएका वा प्राथमिकतामा परेका साझा मुद्धा वा मागहरुलाई गैरआवासीय अन्र्तराष्ट्रिय समन्वय परिषदमा उठान गरी सम्पूर्ण गैरआवासीय नेपालीहरुको साझा माग वा मुद्धाको रुपमा संवन्धित निकायमा पहल गर्ने वातावरणको श्रृजना गर्ने ।
५) सामुहीक लगानीका अवधारणा:
गैर आवासीय नेपाली संघले अघि सारेको सामुहिक लगानीको अवधारणालाई चरितार्थ बनाउन–
क) प्राकृतिक श्रोतको धनि नेपालमा विभिन्न जडीबुटी जस्तै हर्रो, बर्रो, चिराँइतो, अमला लगायत अन्य उपयोगी बस्तुको पहिचान गरी हाल सस्तो र कच्चा अवस्थामा पैठारीहुँदा कममुल्य परिरहेको अवस्था यि जडीबुटीहरुलाई प्र्रसोधन गर्ने प्रसोधन केन्द्रहरु स्थापना भएको खण्डमा निम्न उल्लेखित उपलब्धीहरु हाँसील हुने देखिन्छ ।
अ) मध्यम आम्दानी भएको गैरआवासीयहरुका लागि राम्रो लगानी क्षेत्र सावित हुने ।
आ) देशमा स्व–रोजगारीको अवस्था श्रृजना हुने ।
इ) प्रसोधन गरीएका जडीबुटीहरु बढी मूल्यमा बिक्री वा पैठारी हुने र राज्यको आर्थिक स्तर सुदृढ गर्न मद्दत पुग्ने ।
ई) गैरआवासीयहरुको सन्जाल विभिन्न देशमा छरिएकोले प्रसोधित जडीबुटीहरुको व्यापार प्रवर्धन अन्य मुलुकहरुमा सजिलोसँग गर्न सकिने ।
यि विभिन्न कारणले गर्दा प्रसोधन केन्द्रको आवश्यकता माथि प्रकास पार्न नेपाल सरकारलाई सामूहिक रुपमा अन्तर्राष्ट्रिय समन्वय परिषद (ICC) सँग समन्वय गरी दबाव दिने ।
ख) विद्यमान अवस्थामा स्वास्थ्य र शिक्षामा व्यापारीकरण भैरहेको र नेपालीहरुको मुख्य चिन्ताको विषय भएकोले गैरआवासीय नेपालीहरुलाई सो क्षेत्रमा लगानी गर्न आवश्यक वातावरण सृजनाको लागि सम्वन्धीत निकायमा पहल गर्नुका साथै यस क्षेत्रमा सामूहिक लगानी आकर्षण गर्न गैर आवासीय नेपालीहरुका छोरा छोरीहरुलाई सो क्षेत्रमा २० देखि २५ प्रतिशत छुटको व्यवस्था गर्नुपर्ने अवधारणा प्रस्तुत गर्ने ।
ग) ‘‘हरियो बन नेपाल को धन” भन्ने यूक्ती चरितार्थ गर्न, गैर आवासीय नेपालीहरुको सामुहिक लगानीलाई आकर्षण गर्न, स्व–रोजगारी श्रृजना गर्न, जसरी निर्माण कार्यमा आवश्यक पर्ने विभिन्न आकार र प्रकारका काष्ठहरु मलेशिया लगायत अन्य देशहरुले खाडीमुलुकहरुमा निर्वाध रुपमा पैठारी गरिरहेका छन् त्यसरीनै कम्तीमा आजको विकाशक्रममा विश्वमा अग्रज पङ्तीमा उभिएका आफ्ना छिमेकी मुलुकहरुमा पैठारी भएमा देशको आर्थिकस्तर उकास्न केही मद्दत पुग्ने भएकोले सो अवधारणा अघि बढाउन विभिन्न संघसस्थाहरुसँग सहकार्य गर्दै सम्वन्धीत निकायमा पहल गर्ने ।
घ) आजको बढ्दो सहरीकरणका नाममा कृषि योग्य जमिन नष्ट भैरहेको र भविष्यमा नेपाललाई खाद्यान्न सङ्कटबाट बचाउन आवादी क्षेत्र र आवाशीय क्षेत्र छुट्याई आवासीय क्षेत्रमा मात्र वस्ती विकाश वा शहरीकरण गरिनुपर्ने आजको आवश्यकतालाई महसुस गरी विदेशबाट पनि गैरआवासीय संघ मार्फत आफ्ना सुझाब प्रस्तुत गर्ने ।

६) वैदेशिक रोजगारीको सम्वन्धमा:
क) मुख्यतया मलेशिया र खाडीमुलुकहरुमा वैदेशीक रोजगारीमा आउने मध्ये वहुसंख्यक कम शिक्षित र आवश्यक सीपको अभावको कारण ठुलो मर्कामा पर्ने देखिएकोले सम्वन्धित देशमा आवश्यक पर्ने सीपहरुलाई प्रचार प्रसार गर्न एफ.एम., रेडियो, टेलिभिजन वा पत्रपत्रिका उपयोग गर्ने । यसका साथै उपयोगी शिक्षामुखी नाराहरु होर्डिङ बोर्डमा लेखी विभिन्न स्थानमा राख्न अन्तर्राष्ट्रिय समन्वय परिषद सँग समन्वय गर्दै सो कार्यमा अग्रसर हुने ।
ख) उचित ज्ञान र सीपको लागि वैदेशिक रोजगारी पश्चात स्वदेशमा बसीरहेका नेपालीहरुलाई सम्वन्धीत व्यवसायिक तालिम केन्द्रहरुमा प्राथमिकता का साथ परिचालन गर्ने वातावरणको श्रृजना गर्ने ।
विशेषतः मलेशिया लगायत खाडीमुलुकहरुमा कार्यरत नेपालीहरुका लागि बढी उपयोगी हुने यि मेरा माथि उल्लेखित बुँदाहरु प्राप्तीका लागि एकल प्रयास सम्भव नभएकोले गैर आवासीय राष्ट्रिय समन्वय परिषद दोहा कतारलाई उपयोग गर्नको लागि मेरो अध्यक्ष पदमा उम्मेद्धवारी भएको सम्पूर्ण गैरआवासीय कतारवासीमाझ जानकारी दिदै आवश्यक सहयोग, सर–सल्लाह र सुझाबको अपेक्षा राख्दछु ।
ई. अर्जुन प्रसाद भट्टराई
गैर आवासीय नेपाली संघ
राष्ट्रिय समन्वय परिषद, दोहा कतार
का अध्यक्ष पदका उम्मेद्धवार
साभार नेपाल कुवेत डटकम
Don't Miss
© all rights reserved
made with by netKUTI