Responsive Ad Slot

latest

‘ब्लड क्यान्सर’ पीडित पूर्णिमालाई विदेशवाट सहयोग आउने क्रम शुरु

Thursday, July 21

/ by Admin BHOLA THAPA

लमजुङमा पनि सहयोग संकलन
आश गुरुङ, लमजुङ, साउन ५ गते । ब्लड क्यान्सरवाट पीडित लमजुङको बन्सार गाविस ८, टाप गाउँकी १९ बर्षिया पूर्णिमा गुरुङको उपचारका लागि विदेशवाट सहयोग रकम आउने क्रम शुरु भएको छ । हालसम्म विदेशवाट पूर्णिमा गुरुङको सहयोगका लागि उहाँले वेसीशहरस्थित रिलायबल फाईनान्स लिमिटेडमा खोल्नु भएको खाता नम्बर ००३००००५४७२५ मा २० हजार भन्दा बढी रकम जम्मा भईसकेको छ । स्थायी ठेगाना नखुलाएका नेत्रमान गुरुङले कतारवाट १० हजार रुपैँया, उत्तरकन्या गाविस घलेगाउँवेसी हाल दुबईवाट शिवजंग गुरुङले ५ हजार, कतारवाट रबीन्द्र घिमिरेले ३ हजार ५ सय रुपैँया रकम पूर्णिमाको उपचारका लागि सहयोग रकम प्राप्त भएको छ । यसैगरि, बन्सार गाविस ५ का तुलसीराम गुरुङले ५ हजार, बन्सार ९ टापगाउँका केशलाल गुरुङवाट १ हजार, भोर्लेटार ९ का कृष्णबहादुर थापावाट ५ सय, धुसेनी ४ का सुकवहादुर भण्डारीवाट ५ सय र नेटा ८ का श्रीराम कुँवरवाट ५ सय रुपैँया सहयोग रकम प्राप्त भएको छ । त्यस्तै सामुहिक रुपमा सहयोग गर्ने क्रम पनि शुरु भएको छ । यसैक्रममा वेसीशहर ठाडोलाईनस्थित प्रगतिटोल तमू आमा समूहले पूर्णिमाको उपचारका लागि ५ हजार रुपैँया सहयोग गरेको पूर्णिमाकी फूपू टेकमाया गुरुङले जानकारी दिनुभयो । पूर्णिमा गुरुङको उपचारका लागि सहयोगार्थ आफ्नो गाउँ टाप गाउँमा पनि सहयोग रकम संकलन कार्य शुरु भएको छ । ब्लड क्यान्सरवाट पीडित पूर्णिमा गत असार १२ गतेदेखि चितवनस्थित भरतपुर क्यान्सर अस्पतालमा उपचार गरिरहनुभएको छ । बाबुआमा गाउँमा खेतिकिसानी गर्ने र आर्थिक अवस्था ज्यादै नाजुक भएकाले उपचार गराउन नसकेको भन्दै सवैले सक्दो सहयोग गरिदिन आग्रह गर्नुभएको छ । पूर्णिमा गुरुङले आफूलाई सहयोग गरिदिन आग्रह गर्दै यसका लागि आफ्नै नाममा रिलायबल फाईनान्स लिमिटेड, शाखा कार्यालय वेसीशहर, लमजुङमा खोलिएको ००३००००५४७२५ रकम जम्मा गरिदिनुहुन अनुरोध समेत गरेको पत्रकार आश गुरुङको समाचारमा उल्लेख छ । सहयोगका लागि पूर्णिमाले आफ्नो फूपू टेकमाया गुरुङको मोवाईल नम्बर ९८४६१२७९९१ र पत्रकार आश गुरुङको मोवाईल नम्बर ९८५६०४५०४३ मा सम्पर्क गर्नुहुन समेत अनुरोध गर्नुभएको छ ।

Don't Miss
© all rights reserved
made with by netKUTI