Responsive Ad Slot

latest

सभासद्को फर्जी कागजात नियन्त्रणमा

Sunday, July 10

/ by Admin BHOLA THAPA
ललितपुर । राष्ट्रिय सतर्कता केन्द्रले ललितपुर जिल्ला विकास समितिको कार्यालयमा छापा मारेको छ । केन्द्रले फर्जी कागजातको आधारमा ७ लाख रकम लिन लागेका भनिएका मालेका ललितपुर सभासद् जनककुमारी चालिसेले बुझाएको कागजात नियन्त्रणमा लिइएको हो । केन्द्रले उजुरीको आधारमा आर्थिक कारोबारको हर-हिसाब अनुगमन गरेको हो ।केन्द्रका प्रवक्ता अरुण खनालका अनुसार केन्द्रले जिल्ला विकास समितिले विभिन्न दलका नेतालाई उपलब्ध गराएको आर्थिक रकमको हर-हिसाबसमेत जाँच गरिनेछ । केन्द्रले आर्थिक वर्षमा कुनै कामकारवाहीमा प्रभावित नहॊस् भनेर प्रतिलिपिमात्रै नियन्त्रणमा लिएको जनाएको छ । सभासद् चालिसेले निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत सो रकम निकासा प्रकि्रया थालेकी थिइन् ।
Don't Miss
© all rights reserved
made with by netKUTI