Responsive Ad Slot

latest

:: गृहपृष्ठ » मुख्य समाचार » १५ मिनेटमै माओवादी बैठक स्थगित

Sunday, July 17

/ by Admin BHOLA THAPA
गंगा बीसी काठमाडौं, श्रावण १ - अध्यक्ष पुष्पकमल दाहालले पार्टीभित्रको विवाद मिलाउन शान्ति र संविधानको कार्ययोजना प्रस्ताव पेश गरेपछि माओवादी केन्द्रीय समिति बैठक पुनः स्थगित भएको छ । पार्टी मुख्यालय कोटेश्वर, पेरिसडाँडामा आइतबार १५ मिनेटमात्र बसेको केन्द्रीय समिति बैठकमा अध्यक्ष दाहालले लिखित राजनीतिक दस्तावेज पेश गरेपछि बैठक स्थगित भएको हो । दाहालले पार्टीभित्रको विवाद मिलाउन शान्ति र संविधानको 'बटमलाइन' प्रस्तुत गरेको स्रोतले जनाएको छ । केन्द्रीय समितिमा पेस गर्न तयार पारेको लिखित राजनीतिक दस्तावेज दाहालले शनिबार केन्द्रीय पदाधिकारी बैठकमा पेस गरेका थिए । उपाध्यद्वय मोहन वैद्य, बाबुराम भट्टराई र महासचिव रामबहादुर थापाले कार्यविभाजनलाई मुख्य जोड दिइरहेका बेला दाहालले शान्ति र संविधानको कार्यनीतिलाई पहिलो प्राथमिकतामा राखेका छन् । दाहालले भदौ १४ भित्र लडाकुको वर्गीकरण गरिसक्ने उल्लेख गरेका छन् । माओवादीले यसअघि ८ देखि १० हजार लडाकु समायोजन गर्न सकिने प्रस्ताव राखिसकेको छ । साभार इकान्तिपुर


Don't Miss
© all rights reserved
made with by netKUTI